आईतवार २८ असार, २०७७ (Sunday July 12, 2020)

‘प्रसाद’ले दिएको अपवित्र प्रसाद

मंगलवार १७ पुष, २०७५ सन्तोष परियार 2202

सन्तोष परियार

अलि–अलि कमाउन सक्ने भएपछि पुस्तकहरु किनेर पढ्न थालँे । नेपाली चलचित्र उद्योगलाई बचाउनुपर्छ भनेर राम्रा चलचित्रहरु सिनेमा घरमै गएर हेर्न थालेँ । चलचित्रसँग सम्बन्धित मेरा दुइजना साथीहरु छन्, निर्देशक मनोज पंडित र सचिन घिमिरे । प्रायजसो हाम्रो भेटमा हामी नेपाली समाज र चलचित्रको कुरा गर्नेगर्छौैं । मनोज पंडित मेरो लागि एउटा यस्तो उत्कृष्ट निर्देशक हुन् जसले बजार भन्दा निकै पर बसेर चलचित्र निर्माण गर्ने गर्छन् । अनि, सचिन घिमिरे आप्mनो चलचित्रहरुमा समाजका कुरुतिहरुलाई जस्ताको तस्तै उतार्ने गर्छन् । यिनले बनाएका ‘माटे मुरली’ र ‘पुन्टेको पाङ्ग्रो’ को म ठूलो प्रशंसक हुँ ।

 

एउटा आसलाग्दा निर्देशकले यस्तो हलुका र बद्नियतपूर्ण चलचित्र कसरी खेल्न सक्छ ? संसारका राम्रा कलाकारहरु चलचित्रको कथा र संवाद नहेरी चलचित्र खेल्दैनन् । र मलाई लाग्दैन निश्चलले त्यो गल्ति गरे भनेर । अरु पात्रका त कुरै छोडौं, कलाकारको विवेक हुनु पर्छ भन्ने कुरा कहाँ जरुरी छ र ।

चलचित्र ‘प्रसाद’ को सुरुवाती दृश्यहरुमा अन्तरजातीय प्रेमविवाहको चित्रण देख्दा लागेको थियो, चलचित्रले अन्तरजातीय प्रेमलाई औधी प्रेम गरेको छ । जसले गर्दा अन्तरजातीय प्रेम गर्नेहरु विशेषतः छुत र अछुतबीचका प्रेमीहरुले आप्mनो प्रेमलाई गर्व गर्नेछन् । तर, जसै चलचित्र अगाडि बढ्दै गयो मेरो बुझाइ र विश्वासमा चलचित्रले आप्mनो सिर्जनात्मक बेहोसी र मूर्खता प्रस्तुत गर्दै गयो ।

निर्देशक दिनेश राउत र लेखक सुशील पौडेललाई म पर्दा र व्यक्तिगत दुवैरुपमा चिन्दिन । तर, चलचित्र ‘प्रसाद’ का प्रमुख पात्र (चलचित्रले हिरो बनाएको) रमेश अर्थात निश्चल बस्नेतलाई म पर्दामा राम्रैसँग चिन्छु । केहि वर्ष अगाडि यिनले निर्देशन गरेको चलचित्र ‘लुट’ हेर्न म सिनेमा घरसम्म गएको थिएँ । उक्त चलचित्र हेरेपछि मलाई लागेको थियो, निश्चल नेपाली चलचित्र उद्योगमा एउटा फराकिलो सम्भावना बोकेका निर्देशक हुन् । तर, चलचित्र ‘प्रसाद’ मा उनले निर्वाह गरेको भूमिका देख्दा लाग्न थालेको छ, निश्चलप्रतिको मेरो बुझाई गलत थियो । किनकी, एउटा आसलाग्दा निर्देशकले यस्तो हलुका र बद्नियतपूर्ण चलचित्र कसरी खेल्न सक्छ ? संसारका राम्रा कलाकारहरु चलचित्रको कथा र संवाद नहेरी चलचित्र खेल्दैनन् । र मलाई लाग्दैन निश्चलले त्यो गल्ति गरे भनेर । अरु पात्रका त कुरै छोडौं, कलाकारको विवेक हुनु पर्छ भन्ने कुरा कहाँ जरुरी छ र ।

चलचित्र ‘प्रसाद’ हेर्दा लाग्छ, यसलाई समाज र समाजमा विद्यमान सामाजिक विभेदहरुप्रति कुनै चासो छैन । नेपाली समाजमा भएका सामाजिक तथा राजनीतिक परिवर्तनहरुप्रति कुनै सरोकार छैन ।

अब अलिकति सिद्धान्तका कुरा गरौं । संसारमा कला साहित्यसँग सम्बन्धित दुईखाले बहस छन् । एउटाले भन्छ, कला र साहित्य एकदम स्वतन्त्र हुन्छन् र हुनुपर्छ । यिनिहरुले कुनै निश्चित परिधिभित्र रहनु पर्दैन । अर्कोले भन्छ, कला र साहित्य पनि यहि समाजका हुन् र समाजका लागि नै हुन् । त्यसैले समाजप्रति यिनिहरु जिम्मेवार, जवाफदेही र उत्तरदायि हुनुपर्छ । व्यक्तिगतरुपमा  म आपूm चाहिँ पछिल्लो सिद्धान्तमा विश्वास गर्छु । त्यसैले त कला र साहित्यलाई अथाह माया गर्छु । अर्को कुरा, मानव इतिहासलाई हेर्ने हो भने थाहा हुन्छ, संसारका सबैखाले मानव समाज र सभ्यता निर्माणमा कला र साहित्यले महत्वपूर्ण भूमिका खेलेका छन् र भविष्यमा पनि खेल्नेछन् । समाजमा व्याप्त अन्याय अत्याचारको विरुद्ध सिर्जनात्मक र बुलन्द आवाज उठाएका छन् । समाज परिवर्तन र रुपान्तरणमा कला र साहित्यले सशक्त र जिम्मेवारपूर्ण भूमिका निर्वाह गरेका छन् । अझ त्यसमा पनि विशेष गरी चलचित्रको भूमिका सा¥है ऐतिहासिक र महत्वपूर्ण रहँदै आएको छ । आमसंचारका विधाहरुमा यो एउटा यस्तो उत्कृष्ट विधा हो, जसको सिर्जनात्मक कला र उत्कृष्ट साहित्यले समाजलाई असाध्यै छिटो र गहिरो प्रभाव पार्ने गर्दछ ।

चलचित्र ‘प्रसाद’ हेर्दा लाग्छ, यसलाई समाज र समाजमा विद्यमान सामाजिक विभेदहरुप्रति कुनै चासो छैन । नेपाली समाजमा भएका सामाजिक तथा राजनीतिक परिवर्तनहरुप्रति कुनै सरोकार छैन । चलचित्रमा बाबुराम परियारको चरित्र चित्रण देख्दा लाग्छ दलितहरु धर्म र संस्कारका नाममा थोपरिएको जातीय विभेद स्वीकार्न निरिह छन् । यिनीहरु हाँसो र दयाका पात्र हुन् । चलचित्रमा बाबुरामले स्वीकारेको अपहेलना देख्दा लाग्छ दलितहरु अपहेलनाका पात्र हुन् । चलचित्रको एक प्रशंगमा रमेशले बाबुराम परियारलाई इंगित गर्दै “गुहु गन्हाउँछ, जात जनाउँछ” जस्ता सम्वाद भनिरहँदा लाग्छ मानवीय विभेदका निम्ति निर्मित जात व्यवस्था प्रकृतिको अनिवार्यता हो । तर स्मरण रहोस्, चलचित्र ‘प्रसाद’ ले बिनाकारण बाबुराम भन्ने पात्रलाई कमजोर र निरिह बनाए पनि दलितहरु त्यति कमजोर र निरिह भने छैनन् । त्यसैगरी, नारायणी अर्थात नम्रता श्रेष्ठको चरित्र देख्दा लाग्छ, महिलाहरु पुरुषका सहयोगी मात्र हुन् र पुरुषले गर्ने जस्तोसुकै अन्याय सहन बाध्य छन् ।

जसरी पति र पत्नीबाट सन्तान हुनु एउटा प्राकृतिक कुरा हो, त्यसरी नै कुनै पति वा पत्निबाट सन्तान हुन नसक्नु पनि प्राकृतिक कुरा नै हो । सोहि प्राकृतिक कुरालाई यति धेरै समस्या बनाएर बुभ्mनु न सुभ्mनुसँग ‘टेस्ट्युब बेबी’ पनि कुनै न कुनै पुरुषको वीर्य त हो नि भनेर चित्रण गर्नु चिकित्सा विज्ञानको यो क्रान्तिकारी उपलब्धीप्रतिको सतही र हल्का बुझाइ हो । साथै, यति सस्तो कथनको माध्यमबाट बलात्कारको वीर्यबाट सन्तान जन्माउने ढोंगी प्रतिबद्धता सम्पूर्ण नारीहरुप्रतिको अपमान हो । अर्कोतर्पm, चलचित्रमै किन नहोस्, कतै न कतै उक्त कार्यबाट बलात्कारलाई सामाजिक वैद्यता दिन खोज्ने कुचेष्टा पनि हो ।

चलचित्र ‘प्रसाद’ हेरि रहँदा दर्शकहरुको क्रियाकलाप पनि अचम्मकै थियो । जबजब पिडामा रहेको बाबुराम रक्सी खाएर आउँथ्यो, दर्शकको माझबाट ‘औकातमा आयो’, ‘जात देखायो’ जस्ता शब्दहरु प्रहार भैरहे । जसका कारण, दर्शककैरुपमा त्यही रहेको मेरो मन चसक्क भइ रहयो । चलचित्रमा रमेश प्रायजसो सबै दृश्यमा रक्सी र रेष्टुरेन्टका महिला सहयोगीहरुसँग रहने गर्छ । तर, उसको त्यो चर्तिकलालाई दर्शकहरुले बाबुरामलाई जस्तो तुच्छ प्रतिक्रिया दिँदैनन् । किन होला ? पात्रका हिसाबले एउटा सोझो, इमान्दार अनि आप्mनी प्रेमीकालाई औधी माया गर्ने बाबुरामभन्दा रमेशले त्यस्तो प्रतिक्रिया पाउनु पर्ने हो तर त्यस्तो भएन । अचम्मको कुरा त, जबजब बाबुराम पिडामा रुन्छ, तबतब दर्शकहरु हाँस्छन् । मानवीय पिडा र सम्वेदना प्रस्तुत भइरहँदा पनि दर्शकलाई हसाउने यो कस्तो निर्देशकीय र अभिनय क्षमता हो ? सामान्यतया त, चलचत्रिका पात्रहरुको दुःखसँग क्षणभर भएपनि दर्शकहरु दुःखी पर्ने होइन र ?

चलचित्रको एउटा दृश्यमा बलात्कारी रमेशले बलात्कृत नारायणी अर्थात बाबुरामकी मैंयालाई बाटोमा धम्काउँछ । उ भन्छ, “तेरो घर त बिग्रियो बिग्रियो, अब मेरो पनि घर बिगार्ने” भनेर । तर, यथार्थमा नारायणीको घर बिग्रिएको होइन । उसको घर त बाबुरामको बाल सखा त्यही बलात्कारी रमेशले बिगारेको हो । चलचित्र ‘प्रसाद’ का यस्ता दृश्य र संवाद देख्दा र सुन्दा लाग्छ यो चलचित्र निर्माण समूहले चलचित्रका दर्शकहरुलाई असाध्यै अवमूल्यन गरेका छन् । उनीहरुलाई लागेको हुनसक्छ चलचित्रका जानकार उनीहरुमात्र हुन् । त्यसैले उनीहरुले जे देखाए पनि हुन्छ अनि पात्रका माध्यमबाट जे बोल्न लगाए पनि हुन्छ । तर त्यस्तो होइन, समकालीन नेपाली समाजको चेतनालाई अवमूल्यन गर्ने अधिकार कुनै पनि नामको कला र साहित्यलाई छैन ।

अचम्मको कुरा त, जबजब बाबुराम पिडामा रुन्छ, तबतब दर्शकहरु हाँस्छन् । मानवीय पिडा र सम्वेदना प्रस्तुत भइरहँदा पनि दर्शकलाई हसाउने यो कस्तो निर्देशकीय र अभिनय क्षमता हो ?

एउटा अर्कै प्रशंगमा, रमेश बाबुरामलाई भन्छ, “आप्mनो बुढीलाई सम्हालेर राख्दैन, अनि मसँग आएर कराउँछ” । अब यहँनेर सोध्न मन लाग्छ, के बाबुरामले सम्हालेर नराखेकै कारण तिमीले नारायणीलाई बलात्कार गरेका हौ ? अनि के यतिका धेरै निर्मला पन्तहरु सम्हाल्न नसकेकै कारण बलात्कृत भएका हुन् ? चलचित्र ‘प्रसाद’ ले बलात्कारलाई कस्तो चित्रण गर्न खोजेको हो ? कस्तो कथ्य निर्माण गर्न खोजेको हो ? कृपया प्रष्ट पारिदिए आभारी हुने थिएँ ।

अन्त्यमा,
इटालियन नवमाक्र्सवादी चिन्तक तथा राजनीतिज्ञ एन्टिनीयो ग्राम्स्की भन्छन्, कुनै पनि राजनीतिक तथा सामाजिक क्रान्तिपछि परिवर्तनलाई संस्थापन गर्न र समाज रुपान्तरण गर्न समाजमा व्याप्त विभेदपूर्ण सामाजिक र सांस्कृतिक मिथक तथा लोक कथाहरु पनि विस्थापित गर्नुपर्छ । तर, चलचित्र ‘प्रसाद’ ले दलितहरुप्रतिको विभेदकारी मिथक र संस्कारहरुलाई स्थापित गर्ने ठूलो प्रयास गरेको छ । जुन, समकालीन नेपाली समाजको राजनीतिक र सामाजिक चेतनाको विरुद्दमा उभिएको छ ।

 




मतहरू

aburerope

levitra pharmacy online https://agenericcialise.com/ - Cialis Viagra Discount Web Sites Cialis Buy Onadron


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु