बुधबार १९ चैत्र, २०७६ (Wednesday April 01, 2020)

सेतो चिमका चिसा रहस्यहरु

मंगलवार १७ पुष, २०७५ सचिन घिमिरे 3266

सचिन घिमिरे

राज्यद्वारा उपेक्षित जनस्वास्थ्यको विविध मुद्दाहरुमध्ये सिएफएल चिमहरुको प्रयोग उपरान्तको व्यवस्थापनको सवालमा पनि मानव स्वास्थ्यको दृष्टीकोणले धेरै प्रश्नहरु जोडिएका छन् । आजभन्दा लगभग ६० वर्ष अघि नै पारो मानव स्वास्थ्यकोलागि धेरै अर्थमा खतरनाक छ भन्ने प्रमाणित भइसकेता पनि चिकित्सकीय आवश्यकता र अर्थराजनीतिक स्वार्थको कारण पूर्ण रुपमा वर्जीत भने हुन सकेको छैन । कम्प्याक्ट् फ्ल्युरीसेन्ट् लाइट् अर्थात छोटकरीमा सिएफएल भनिने यस्ता चिमहरुमा अंग्रेजीमा मर्करी भनिने पारोको मात्रा साधारण चिमहरुको तुलनामा अत्याधिक बढि प्रयोग भएको हुन्छ । यस्को आविष्कारले चिकित्सकीय प्रविधिमा ठूलो योगदान पु¥याएता पनि पारो मानव स्वास्थ्यकोलागि अत्यन्त घातक रसायनहरु मध्ये एक हो ।


     कम उर्जा खपत हुने र बाल्दा चम्कीला देखिने भनिएता पनि यस भित्रको पारो व्यवस्थापनमा भने गम्भीर हुनुपर्ने देखिन्छ । सिएफएल चिमको प्रयोग आफैमा खतरनाक नभए पनि यस भित्रको पारो स्नायु प्रणालीलाई असर गर्ने संसारको दोश्रो हानिकारक रसायन मानिन्छ । एउटा सिएफएल चिममा चारदेखि पाँच मिलिग्रामसम्म पारो हुन्छ । तर, २५ माइक्रोग्राम पारो मात्र पनि अटिजमजस्ता बालबालिकाहरुलाई मानसिक पक्षघात गराउन रोगको कारण बन्न सक्दछ । एउटा घरबाट प्रतिवर्ष एउटामात्र सिएफएल चिम फालियो भनेपनि मुलुकभर पचास लाख जनताले प्रयोग गर्दा एक वर्षमा ४० किलो पारोको सही व्यस्थापन गर्नु अत्यन्त चुनौतिपूर्ण हुन्छ । क्युवा, भेनेजुएला, क्यानाडा, अष्ट्रेलिया र युरोपियन युनियनका २७ राष्ट्रहरुमा यस किसिमका चम्किला चिमहरुको प्रयोग कानुनीरुपले नै वर्जित गरिएको छ । अमेरिकामा पनि धेरै प्रान्तहरुमा यस किसिमको चिमको प्रयोग गैरकानुनी मानिएको छ । भारतमा वातावरणविद्हरु र स्वास्थ्य अधिकारकर्मीहरुले यस मुद्दालाई उठाइ नै रहेका छन् ।  सिएफएल चिम जडान गर्दा होस् वा निकाल्दा फुट्न गएमा कोेठा खुल्ला राखेर वा फुटेको ठाउँमा साधारण सरसफाइले यसको खतराबाट मुक्त हुन सकिंदैन । पारोको मसिना कणहरु हावामा सूक्ष्म तरिकाले उडिरहने हुनाले श्वासप्रश्वासबाट हावामा भएको पारो शरीरमा नजाओस् भन्नको लागि अत्यन्त उच्च सर्तकता अपनाएर व्यवस्थापन गर्नुपर्दछ । यसकोलागि घरेलु तरिकाले मात्र सम्भव नभएर विशेषज्ञहरुको सहयोग पनि लिनुपर्ने हुन सक्दछ । आपूmभन्दा अघिको भाडावालाले सिएफएल चिम फुटाएको छ भने पछि आउने मानिसलाइसमेत उक्त कोठामा रहेको पारोले असर पु¥याउन सक्दछ । पारोको अति सूक्ष्म खतरनाक सम्भावनाहरुकोबारेमा आम प्रयोगकर्ताहरुलाई सचेत गराउने किसिमले कुनै चेतनामुलक कार्यक्रमहरु हुन सकेको छैन ।

पारोको जोखिम कलिला शिशुहरु र साना बालबालिकामा बढी पर्दछ भने वयष्कहरु पनि यस्को जोखिमबाट खतरामुक्त भने छैनन् ।


    पारो श्वासप्रश्वास, मुख र छालाबाट मानव शरीरमा प्रवेश गरेर यसका अत्यन्त साना कणहरुले पनि मानव स्नायुमा गम्भीर क्षति पु¥याउन सक्दछ । साथै पारोले मस्तिष्क, मुटु,  मृगौला, फोक्सोमासमेत असर पु¥याउन सक्ने र सम्झना शक्ति गुमाउँदै कुनै अवस्थामा मृत्युसमेत हुन सक्दछ । साथै, छाला खुइलिने, रातो डावर आउने, व्यक्तित्वमा परिवर्तन हुने, मांसपेशीमा कमजोरी महसुश हुने, शरीरको अङ्गहरुमा कम्पन बढ्ने, अनियन्त्रित ढङ्गले अङ्गहरु चल्न थाल्ने जस्ता लक्षणहरु देखिन सक्दछ । पारोको जोखिम कलिला शिशुहरु र साना बालबालिकामा बढी पर्दछ भने वयष्कहरु पनि यस्को जोखिमबाट खतरामुक्त भने छैनन् । एउटा सिएफएल चिम भित्रको पारोले ६ हजार ग्यालन पानी प्रदुषित गराउन सक्दछ । पानीमा मिसिएको पारो माछाले खाएपछि माछामा हुने जैविक प्रकृयाले पारोको रसायनिक गुणमा परिवर्तन गरेर यसलाई बढी खतरनाक बनाइदिन्छ । उक्त माछा मानिसले खाँदासमेत मानिसलाइ हानी गर्दछ । गर्भवती महिलाहरुमा निरन्तररुपमा पारोको असर परेमा गर्भमा रहेको शिशुसमेत शारीरिक र मानसिकरुपमा धेरै कारणहरुले अस्वस्थ हुन सक्ने देखिन्छ । पुरुषहरुमा भने यसले सोझै प्रजनन् क्षमतामासमेत ¥हास ल्याउन सक्दछ । विभिन्न लक्षणहरु लिएर आएको विरामीहरुको मानसिक तथा शारीरिक लक्षणहरु पारोकै कारण हो भनेर पत्ता लगाउनसमेत चिकित्सकहरुलाई निदानको क्रममा धेरै गा¥हो पर्दछ । यस अवस्थामा समयमा रोग पत्ता नलागेर अनावश्यक ऋणभारमा फस्नुपर्ने वाध्यता पनि आमजनताले नै भोग्नुपर्दछ ।  पारोको विषालु प्रभावलाई कम गर्न निदानात्मक चिकित्सामा थुप्रै उपायहरु भएपनि समस्यामा पर्दै नपर्नु नै धेरै अर्थमा हितकारी हुन्छ । पारा,े सिएफएल चिमलगायत स्वास्थ्य जाँचमा प्रयोग हुने थर्मोमिटर, व्यारोमिटर र घरमा प्रयोग हुने लाम्चीला ट्युवलाइटहरुमा पनि प्रयोग भएको हुन्छ । महिलाहरुले प्रयोग गर्ने कस्मेटिक र फाष्टफुडमा प्रयोग हुने केचपहरुमा पनि पारोको विभिन्न रुपहरुको प्रयोग भएको हुन्छ ।      

विश्वभर त्यागिँदै लगेको प्रविधी राज्यको निकायहरुको सकृयता र प्रतिष्ठित कलाकारहरुको व्यवसायिक अनुरोधमा नै नेपालीहरुको घरघरमा पुगिरहेको छ ।  मिडियाको कर्पोरेट चरित्र, राज्यको गैरजिम्मेवारीपन र आमजनताको वाध्यताकारी अवस्थाकोबीचमा गतिलो समीश्रणमा नाफाको चलखेल खेल्ने मलिलो वातावरण तयार भएको छ ।


    मानवीय स्वास्थ्य तथा वातावरणकोलागि पारो अत्यन्त खतरनाक विषालु रसायन भएकोले संसारको ३० भन्दा बढी औद्योगिक राष्ट्रहरुले पारोको सहयोगले हुने सबै कामहरु रोक्ने सहमति जनाइ सकेका छन् । पारोको विभिन्न प्रकारहरु मध्ये इथाएलमर्करी जसमा थिमेरोजलकोरुपमा रहेको पारोलाई बालबालिकाको भ्याक्सिन बिग्रन नदिने उपयोगी रसायनकोरुपमा प्रयोग गर्ने गरिन्छ । रुसमा गरिएको अध्ययनले त्यसको प्रभावले बालबालिकाहरुको मस्तिष्कमा नराम्रो प्रभाव पार्ने, कोमामा जाने र मृत्युसमेत हुन सक्ने जनाएपछि यसको प्रयोग रुस, डेनमार्क, अष्ट्रेलिया, जापान, बेलायत र धेरै स्कायन्डिनाभियन् राष्ट्रहरुले वर्जित गरेका थिए । हेपाटाइटिसको भ्याक्सिन लगाउँदा राम्रोसँग नहल्लाए शिशिको तल थिग्रीएर बसेको पारोको बढि मात्रा बच्चाको शरीरमा गएर खतरा निम्त्याउन सक्दछ ।


    प्रविधिको अविष्कार मानवीय हितकोलागि हो । विज्ञानले इतिहासमा मानवीय हितमा सधै सकारात्मक भूमिका खेल्दैन भन्ने ऐतिहासिक दृष्टान्त मानव इतिहासले हिरोसिमा र नागासाकीमा भोगिसकेको छ । विश्वभर त्यागिँदै लगेको प्रविधी राज्यको निकायहरुको सकृयता र प्रतिष्ठित कलाकारहरुको व्यवसायिक अनुरोधमा नै नेपालीहरुको घरघरमा पुगिरहेको छ ।  मिडियाको कर्पोरेट चरित्र, राज्यको गैरजिम्मेवारीपन र आमजनताको वाध्यताकारी अवस्थाकोबीचमा गतिलो समीश्रणमा नाफाको चलखेल खेल्ने मलिलो वातावरण तयार भएको छ । मिडियाले एकोहोरोरुपमा सिएफएल प्रयोग गर्न उक्साउने तर त्यसको प्रयोग उपरान्तको व्यवस्थापनमा भने कुनै चासो नदेखाउनुले मिडिया र राज्य जनस्वास्थ्यको मामलामा हदैसम्मको गैरजिम्मेवार छ भन्ने यथार्थ प्रमाणित भइरहेको छ । वर्तमानको उर्जा संकट छल्ने कोशिसमा प्रयोग भइरहेका व्याट्रीहरुको प्रयोग उपरान्त व्यवस्थापन पनि खतरामुक्त भने छैन । यसतर्फ पनि कसैको ध्यान गएको छैन । उर्जासंकटको दीर्घकालीन उपायमा बढि सक्रिय हुनुभन्दा सिएफएल कम्पनीहरुको मोटो विज्ञापन चक्रमा रमाइरहने स्थिति भएसम्म जनस्वास्थ्यको मामलामा सिएफएलको प्रयोग उपरान्त व्यवस्थापनको सवाल कति संवेदनशील छ भन्ने चिन्तनमनन् हुन सक्दैन । जनस्वास्थ्यको दृष्टीकोणले हानीकारक वस्तुकोबारेमा उपभोगकर्ताहरुलाई सचेत गराउने काम राज्यको र सञ्चार क्षेत्र दुबैको हो । तर अफसोच, नेपालमा सञ्चार क्षेत्रले आफनो आलोचनात्मक भूमिका गुमाउँदै राज्यको भजन गाएर थप भ्रष्ट हुन सहयोग गरिरहेका अनिगिन्ती उदाहरणहरु मध्ये सिएफएलको अर्थराजनीती पनि प्रमुख हो । एकातिर राज्यसँग नयाँ नयाँ वैज्ञानिक प्रविधिको जनस्वास्थयमा नकरात्मक प्रभाव पत्ता लगाएर आमजनतालाई सूचित गराउन सक्ने प्रभावकारी संयन्त्र र जनशक्ति नै छैन । अर्कौतर्फ, भएका जनशक्ति तथा प्रवद्र्धनात्मक स्वास्थ्यमा काम गर्ने निकायहरु पनि राजनैतिक चलखेल र सुस्त प्रशासनको फाइदा उठाएर भत्ताको भेल घरमा हुल्दै भातेभुँडी बढाउनमा नै तल्लिन् छन् ।  नेपालको स्वास्थ्य व्यवस्था गरिवी, भोक र रोगको भजन गाएर सेतो हात्तीहरु पाल्ने भ्रष्ट संयन्त्र हो । जहाँ नांगा खुट्टा पड्काउँदै प्रवेश गरेका विरालोहरु बाीहर आउँदा बाघ बनेर पजेरो चढेर निस्कन्छनु । जनस्वास्थ्यको मामलामा नेपालमा जति खुलमखुल्ला ब्रम्हलुट सायदै अरु देशमा भएको होला । प्रसिद्द चलचित्र ‘द ब्वाइ विथ द स्ट्रीप्ड पाइजामा’ मा हिटलरको सैनिकको छोरा  उसको यहुदी साथीसँगै ग्याँस चेम्वरमा परेपछि उक्त सैनिकको आँखा खुलेजस्तै जुनदिन आफै वा आफन्तहरु सिएफएलले बनाइरहेको विषालु भुमरीमा पर्दछन् त्यसदिन मात्र सम्बन्धित व्यक्ति तथा निकायलाई यस्ता प्रविधिहरुको नकरात्मक प्रतिफलकोबारेमा महशुस हुन्छ । आमजनतालाई सिएफएलको नकरात्मक पाटोकोबारेमा जानकारी दिन गरेको हिचकिचाहटले जनस्वास्थ्यको मामलामा राज्यको लापरवाहीको पराकाष्ठा नै नाघेको देखिन्छ ।

 




मतहरू

Amrit Manandhar

Very useful informative article. Few would know negative aspect of CFL bulbs. I am shocked to learn it and worried that nobody is safe from being affected. It is clear not only the government but all individuals as responsible members of society must come forward to impose ban against its use before it is late.

Manoj Kumar bhandari

It is useful to know .

Bhola Gupta

Nice article. Necessary step should be taken soon keeping the priority order of such public Problems prevelent in our country. Hope this article have enlightened all the releated authorities to think about Peaple's heath and habit Which are indirectly inforced by social media to practice such habit without explaining its management And hazardous effect. Hope releated authorities should focused on this soon And the media program Which encouraged use of CFL also advertise its proper management way And its substitute as soon as possible.

Ervin

I’ve been surfing on-line greater than 3 hours these days, but I never found any attention-grabbing article like yours. It’s beautiful price enough for me. In my opinion, if all website owners and bloggers made just right content material as you probably did, the internet will be much more useful than ever before. Everyone loves what you guys are usually up too. This type of clever work and exposure! Keep up the great works guys I've added you guys to my personal blogroll. Howdy, i read your blog from time to time and i own a similar one and i was just curious if you get a lot of spam remarks? If so how do you stop it, any plugin or anything you can recommend? I get so much lately it's driving me mad so any support is very much appreciated. http://www.cspan.net

Silvia

casino bonus codes how to play blackjack sex roulette how to play blackjack casino bonus codes


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु