आईतवार २८ असार, २०७७ (Sunday July 12, 2020)

विचारवाटिकाको औपचारिक शुभारम्भ

मंगलवार १७ पुष, २०७५ विचारवाटिका संवाददाता 1465


आमसंचारका माध्यमहरुमध्ये पछिल्लो समयमा चर्चित र प्रभावकारी माध्यमकारुपमा स्थापित भइरहेको नयाँ माध्यमहरुकामाझ विचारवाटिका नामको नयाँ विद्युतीय विचार पृष्ठ २०७५ पौष १७ गते मंगलबारबाट शुभारम्भ भएको छ । वरिष्ठ पत्रकार भैरव रिसालले एक समारोहबीच विचारवाटिकाको औपचारिक शुभारम्भ गर्नुभएको थियो । कार्यक्रम नयाँ बानेश्वर स्थित के एण्ड के इन्टरनेशनल कलेजको जेन हलमा सम्पन्न भएको थियो ।
शुभारम्भ कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले पत्रकारिताको आफ्नो लामो इतिहास सुनाएका थिए । साथै नेपाल भारत सम्बन्धका ऐतिहासिक घटनाहरुको चर्चा गरेका थिए । गलत विचारको उत्पादन र सम्प्रेशणले समाजलाई अकल्पनीय क्षती पुर्याउने भएको हुँदा विचार उत्पादन र सम्प्रेशणमा जिम्मेवार भएर अगाडि बढ्न सुझाएका थिए । पत्रकारिताले न्याय, स्वतन्त्रता र शान्ति स्थापनाकालागि खेल्न सक्ने भूमिकाको चर्चा गरेका थिए ।

शुभारम्भ कार्यक्रमका तस्वीरहरु

 




मतहरू

Aruna Ghimire

All the best. Little things have done; more to do.

aburerope

Order Amoxicillin https://bbuycialisss.com/ - is cialis generic levitra discounts Cialis Levothyroxine 100 Mcg Buy


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु