आईतवार २८ असार, २०७७ (Sunday July 12, 2020)

राजनीतिः भाषा, संस्कृति र भविष्य

बिहीबार २६ पुष, २०७५ सन्तोष परियार 2129

सन्तोष परियार

विश्वको अस्तित्वमा रहेका सबै राष्ट्रहरुको आफ्नै विशिष्ट संस्कृति र इतिहास हुन्छन् । संघर्षका लामा–लामा वास्तविक कथाहरु हुन्छन् । राष्ट्र निर्माणको क्रममा कुनै निश्चित पुस्ताले महान् संघर्ष र कुर्वानी गरेका हुन्छन् । प्राय सबै राष्ट्रहरु भौतिक– देख्न सकिने र भावनात्मक– महशुस गरिने कुराहरुको समिश्रणबाट बनेका हुन्छन् । निश्चित आकारमा रहेको भूगोल, संख्यामा रहेका जनता र प्राकृतिक स्रोत साधनहरु कुनै पनि राष्ट्रको भौतिक यथार्थ हुन् भने भाषा, संस्कृति, पर्यावरण र सामाजिक सम्बन्धहरु महशुस गरिने वास्तविकता हुन् । मानव सभ्यता विकासकोक्रममा स्थापित सामाजिक, सांस्कृतिक तथा भौगोलिक विविधताहरु असिमित छन् । त्यसको तुलनामा, मान्छेले मान्छेकै शासनकोनिम्ति उत्पादन गरेको राजनीतिक सिद्धान्त र वादहरु भने सिमित छन् । यही सिमितताका कारणले होला २१ औं शताब्दीको चरम् भौतिक विकासको युगमा पनि न्याय र शान्ति कायम हुन सकेको छैन । सबैखाले असमानताकाबीच समानता प्राप्तै गर्न नसकिने अवस्था हो की जस्तो भएको छ । सभ्य–असभ्य, विकसित–अविकसित र धनी–गरिव जस्ता द्वन्द्ध उत्तेजक कृतिम अवस्थाको सिर्जना भएको छ । 

अहिले पनि संविधानमै समाजवाद त भनिएको छ तर कस्तो समाजवाद अनि कसरी भन्ने विषयमा राजनीतिक पार्टीहरुमै घनिभूत छलफल गरिएको छैन ।

नेपालको सन्दर्भमा, नेपाली समाजको ऐतिहासिक विशिष्टता, विभिन्न काल खण्डमा राज्यको चरित्र र राजनीतिक तथा सामाजिक संघर्ष र उपलब्धिको वस्तुपरक छलफल विगतमा खासै भएन । अहिले पनि संविधानमै समाजवाद त भनिएको छ तर कस्तो समाजवाद अनि कसरी भन्ने विषयमा राजनीतिक पार्टीहरुमै घनिभूत छलफल गरिएको छैन । विगतमा पनि बारम्बार राजनीतिक परिवर्तन भएका थिए तर राजनीतिको प्रवृति र चरित्र लगभग उस्तै रहयो । सामाजिक मूल्य र मान्यताहरुमा निरन्तर परिवर्तन भयो तर राजनीतिले त्यसको उचित व्यवस्थापन गर्न सकेन । राजनीतिक क्रान्ति बारम्बार भए तर त्यसको सामाजिक रुपान्तरण सोहीअनुरुप हुन सकेन । जसले गर्दा लामो द्वन्द्धको श्रृंखलाबाट नेपाल गुज्रनु प¥यो । यसै सन्दर्भमा, लामो संघर्षपछि गणतन्त्र, संघीयता र धर्म निरपेक्षसहित समाजवादउन्मुख नेपाल त प्राप्त भएको छ तर उक्त परिवर्तनसँगै परिवर्तनलाई संस्थागत गर्न आवश्यक राज्यको संस्कृति र चरित्रको विकासमा विगतमा जस्तै ध्यान दिइएको छैन ।

राजनीतिक संस्कार
समग्रमा भन्नुपर्दा, एउटा मानिस आपैmमा विद्यमान ऐतिहासिक, पारिवारिक, सामाजिक, राजनीतिक अनि राष्ट्रिय संस्कारको प्रतिविम्व हो । उसले लगाउने कपडा, खाने खाना, प्रस्तुत गर्ने विचार र प्रयोग गर्ने भाषा समग्रमा उसको र उ बाँचेको समाजको संस्कृतिले निर्धारण गरेको संस्कार हो । तर, अन्य संस्कृतिसँगको अन्तर घुलनले संस्कृतिमा समयानुकुल परिवर्तन हुन्छ । जसकालागि राज्यको भूमिका महत्वपूर्ण हुन्छ । हरेक सार्वभौम राज्यको आफ्नै मौलिक संस्कृति हुन्छ । संस्कृति मूलतः धार्मिक, सामाजिक, राजनीतिक र पर्यावरणीय हुन्छन् भने संस्कारहरु यी नै संस्कृतिबाट निर्धारण भएका हुन्छन् । जसरी मानिसले आफ्नो सभ्यता आपैmले निर्माण ग¥यो त्यसरी नै उसले विभिन्न काल खण्डमा संस्कारहरुको पनि निर्माण ग¥यो । जुन अविछिन्न र अपरिवर्तनीय कहिले पनि होइन । राजनीतिक संस्कारको कुरा गर्नुपर्दा आजसम्म उपलब्ध जतिपनि राजनीतिक सिद्धान्त र व्यवस्थाहरु छन्, ती सबैका आ–आफ्नै संस्कारहरु छन् ।

अहिले नेपाल संवैधानिक व्यवस्थाअनुसार नै समाजवाद उन्मुख छ, धर्म निरपेक्ष छ अनि संघीय छ । तर, के हाम्रो राजनीतिक संस्कार तद्अनुरुप छ त ?

नेपालको राजनीतिक इतिहासमा विभिन्न खाले राजनीतिक व्यवस्थाका अनुभवहरु छन् । ती सबैखाले राजनीतिक व्यवस्थाका आ–आफ्नै संस्कार थिए । वंशमा आधारित राणा र शाहकालीन राज्य व्यवस्थामा नश्लवाद प्रमुख संस्कार थियो र त्यसको विस्तार सेना, निजामति र समाजको तल्लो तहसम्म राज्यबाटै संरक्षित थियो । पञ्चायतकालीन राज्य व्यवस्थामा एक धर्म, एक जात, एक भाषा र एक लिङ्गको संस्कार व्याप्त थियो । २०४७ सालको बहुदलीय प्रजातन्त्रपछि अलि बृहत खालको राजनीतिक संस्कारको सम्भावना त थियो तर अघिल्लो राजनीतिक व्यवस्थाहरुमा भएका राजनीतिक र शासकीय संस्कारहरुको नै पुनरावृत्ति भयो । जब मानव सभ्यतामा राजनीतिक व्यवस्थाको कुरा आउँछ तब खास–खास व्यवस्थाको तत्–तत् व्यवस्थाजन्य संस्कारको कुरा आउँछ । त्यसैले त होला, पूँजीवाद समाजवाद जस्तो हुँदैन र समाजवाद फाँसीवाद जस्तो हुँदैन । 

पछिल्लो समयमा, नेपालमा ठूलै राजनीतिक परिवर्तन भएको छ । सम्भवतः नेपालकै इतिहासमा पहिलो पटक राजनीतिक र शासकीय अधिकार जनताको हातमा आएको छ । राम्रै सामाजिक चेतनाको विस्तार भएको छ । तर, राज्य र राजनीतिक संस्कार यद्यपी लगभग उही पुरानो ढर्राको छ । नेपालको सन्दर्भमा, कुनै पनि राजनीतिक परिवर्तनपछि राजनीतिक पार्टी र राज्य संचालकहरुले तत्कालीन चेतनाअनुसारको समाज रुपान्तरणको प्रयास खासै गरेनन् । अहिले नेपाल संवैधानिक व्यवस्थाअनुसार नै समाजवाद उन्मुख छ, धर्म निरपेक्ष छ अनि संघीय छ । तर, के हाम्रो राजनीतिक संस्कार तद्अनुरुप छ त ? अवश्य छैन । शासकीय चिन्तन आज पनि केन्द्रिकृत छ । राज्यले अवलम्बन गरेको अर्थनीति पूँजी र बजार केन्द्रित छ । अनि, राज्यको मूलभूत चरित्र आज पनि धर्म सापेक्ष नै छ । यदि हामीले पछिल्लो समयमा गरेको राजनीतिक तथा सामाजिक उपलब्धिलाई संस्थागत गर्न राजनीतिक र सामाजिक संस्कारहरुको निर्माण र विस्तार नगर्ने हो भने निश्चित छ, यो व्यवस्था स्थापित हुन गा¥हो छ । मूलतः राज्यले आफ्नो चरित्रमै संघीय, गणतान्त्रिक तथा समावेशी चरित्रको विकास गर्नुपर्छ । यसको प्रमुख दायित्व सरकारको हो र सरकारले नै आफ्ना अन्य निकायहरुलाई पनि त्यसो गर्न वाध्यकारी बनाउनुपर्छ । भर्खरै, सरकारले उच्चस्तरीय शिक्षा आयोग बनाएर भावी नेपालको शिक्षालाई समाजवाद उन्मुख बनाउने प्रयास गरेको छ । जुन एकदमै सराहनीय छ । तर, क्रोसीयन–अष्ट्रियन दार्शनिक इभान इलिचले सन् १९७० मा आफ्नो पुस्तक ‘डिस्कुलिङ्ग सोसाइटी’ मा भने भैंm अब हाम्रो शैक्षिक पद्धतिले बजार उपभोक्ता मात्रै जन्माउनु हुँदैन । विभिन्न स्वार्थले अभिप्रेरित मध्यमवर्ग मात्रै उत्पादन गर्नु हुँदैन । तसर्थ, हाम्रो शैक्षिक पद्धतिमा आमूल परिवर्तन गर्न जरुरी छ जसले गर्दा राजनीतिक र सामाजिक संस्कारलाई व्यक्तिगत तहसम्म विस्तार गर्न सकियोस् । 


राजनीतिक भाषा
मानव सभ्यता विकासकोक्रममा भाषाको विकास आपैmमा एउटा महत्वपूर्ण उपलब्धि हो । यदि भाषाको विकास हुँदैन थियो भने सम्भवतः मानव सभ्यता विकासक्रममा भएका ऐतिहासिक घटनाहरुलाई हामीले सुरक्षित गर्न सक्ने थिएनौं । अर्को कुरा, यदि कुनै पनि खालको भाषा विकसित हुँदैन थियो भने आजको हाम्रो विश्व र विश्व राज्य व्यवस्था यति व्यवस्थित हुने थिएन । किनभने, यी सबैका पछाडी मानव ज्ञानको ठूलो महत्व छ । यदि कुनै न कुनै किसिमका भाषाको विकास नभएको भए सायद, त्यो ज्ञान उत्पादन र विस्तार प्रकृया यहाँसम्म आइपुग्ने थिएन । 

राजनीतिशास्त्रमा त झन् भाषाको ठूलो महत्व छ । आधुनिक राजनीतिशास्त्रकालागि भाषा एउटा यस्तो अचुक अस्त्र हो जसले राजनीतिक विचार र सिद्धान्तको निरन्तर विस्तार र प्रशारण गरिरहन्छ । सामन्यतया, कुनै पनि राजनीतिक पार्टीका नेताहरुले प्रयोग गरेको भाषाले उक्त राजनीतिक पार्टीको दर्शन, सिद्धान्त र विचारको प्रतिनिधित्व गर्ने गर्छ भने उनीहरुले स्थापित गरेको भाष्यले उनीहरुको पार्टीको दर्शन, सिद्धान्त र कार्यक्रमहरुलाई स्थापित गर्छ ।

जसरी कुनै पनि राज्यको आफ्नै मौलिक भाषा हुने गर्छ, त्यसैगरी उक्त राज्यले प्रयोग गरेको भाषा र स्थापित गरेको भाष्यले त्यस राज्यको इतिहास, संस्कृति र समाजको प्रतिनिधित्व गर्छ । साथै राज्यले प्रयोग गरेको भाषाले नै कुनै पनि राज्य कति संयम, अनुशासित, समृद्ध अनि न्यापूर्ण छ भन्ने कुराको महशुस हुन्छ । राज्यको भाष्य भनेको आमरुपमा कुनै पनि राज्यमा स्थापित विभिन्न व्यक्तिहरु र संस्थाहरुले सार्वजनिक विषय र कार्यक्रमहरुमा प्रयोग गरिरहेको भाषागत शैलीलाई बुझिन्छ । 

जतिबेला संयुक्त राज्य अमेरिकामा बाराक ओबामा राष्ट्रपति थिए त्यतिबेला उनेले प्रयोग गरेको भाषाका कारण अमेरिका विश्व शान्तिप्रति संवेदनशील, अल्पसंख्यक र आप्रवासीहरुप्रति उदार र अनुशासित महशुस हुन्थ्यो । तर, जब अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भए त्यसपछि अमेरिकाप्रतिको विश्व धारणामा धेरै परिवर्तन भयो । उनले प्रयोग गर्ने गरेको भाषाका कारण उनलाई असहिष्णु, अनुदार र महिला तथा आप्रवासीहरुप्रति घृणा गर्ने राष्ट्रपतिकोरुपमा स्थापित गरायो ।

अनुशासित, सभ्य र आदरार्थी भाषाको प्रयोगले समाजलाई जोड्ने काम गर्छ । विश्वासको वातावरण सिर्जना गर्छ । राज्यको संयमता, गम्भीरता र प्रतिवद्धतालाई प्रशारण गर्छ भने रिस, आवेग र अराजक भाषाको प्रयोगले वैमनश्यता, निराशा र अविश्वासलाई स्थापित गर्छ । जसले समाजलाई जोड्नेभन्दा बढि टुत्र्mयाउने काम गर्छ । अर्को महत्वपूर्ण कुरा, कुनै पनि राज्यले प्रयोग गरेको भाषाले नै उक्त राज्यको संस्कार र प्रवृत्तिलाई प्रष्ट्याउने गर्छ । उदाहरणको लागि, जतिबेला संयुक्त राज्य अमेरिकामा बाराक ओबामा राष्ट्रपति थिए त्यतिबेला उनेले प्रयोग गरेको भाषाका कारण अमेरिका विश्व शान्तिप्रति संवेदनशील, अल्पसंख्यक र आप्रवासीहरुप्रति उदार र अनुशासित महशुस हुन्थ्यो । तर, जब अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भए त्यसपछि अमेरिकाप्रतिको विश्व धारणामा धेरै परिवर्तन भयो । उनले प्रयोग गर्ने गरेको भाषाका कारण उनलाई असहिष्णु, अनुदार र महिला तथा आप्रवासीहरुप्रति घृणा गर्ने राष्ट्रपतिकोरुपमा स्थापित गरायो । यसको अर्थ के हो भने, कुनै पनि राष्ट्रको जिम्मेवार व्यक्तिहरुले प्रयोग गर्ने भाषा र भाष्य उनीहरुको व्यक्तिगत शैली र विचार मात्र हुँदैनन्, त्यसले त समग्र राष्ट्रको प्रवृत्ति र संस्कारको प्रतिनिधित्व गर्दछ । 

वर्तमान राजनीतिक अवस्था भनेको नेपालले इतिहासमै विरलै पाएको अवस्था हो । यसले हाम्रासामू न्यायपूर्ण, समावेशी अनि साँचो अर्थमा समाजवादी नेपाल निर्माणको फराकिलो सम्भावनालाई उजागर गरेको छ । तर, यो यसै प्राप्त हुनेवाला छैन । जसरी हामीले नेपालको संविधान २०७२ मा नेपाललाई संघीय, लोकतान्त्रिक, गणतन्त्र र धर्म निरपेक्ष नेपाल बनायौं । र, संविधानमै समाजवाद उन्मुख अनि समावेशी भनी व्यवस्था गर्नलाई सबै राजनीतिक पार्टीहरुको सहकार्य र सहमतिमा कायम ग¥यौं त्यसैगरी त्यो राजनीतिक अवस्थाको प्राप्तिकालागि पनि सबै मिलेर काम गर्नु अनिवार्य छ । यसको साथै, लोकतन्त्रमा राजनीतिक पार्टीहरुमात्रै सबैथोक होइनन् । लोकतान्त्रिक व्यवस्थालाई व्यवस्थित र समृद्ध बनाउन संचारका माध्यमहरु, स्वतन्त्र विश्लेषकहरु र विभिन्न क्षेत्रका सामाजिक संघसंस्थाहरुको महत्वपूर्ण भूमिका रहन्छ । तसर्थ, लोकतन्त्रका यि सबै महत्वपूर्ण अङ्गहरुको एकअर्काप्रतिको विश्वास र सहकार्यको वातावरण निर्माणको हुनुपर्छ । लोकतान्त्रिक राज्य व्यवस्थामा कुनै राजनीतिक पार्टीले बहुमत जनमत प्राप्त गर्नु भनेको देश र जनताप्रति ठूलो जिम्मेवारी प्राप्त गर्नु हो । अझ बढि गम्भीर र जिम्मेवार हुनु हो । तसर्थ, यो वास्तविकतालाई गम्भीर भएर बुभ्mन अत्यन्त जरुरी छ । अन्यथा, लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त आजको हाम्रो राजनीतिक अवस्था भविष्यमा वर्तमान नभएर इतिहास हुने प्रष्ट देखिन्छ ।




मतहरू

luggedo

I Want To Buy Alli! https://bbuycialisss.com/ - Buy Cialis Efectos Secundarios De La Cialis buy cialis online reddit Baclofen Generique 25mg

cialis online

Propecia Reasons High Blood Pressure Uniome https://ascialis.com/# - buy liquid cialis online glyday discount levitra purchase ArtellEntere purchasing cialis online Attiniantaps Canadian Pharmacy Buy Online Ed Pills


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु