शनिबार १३ मंसिर, २०७७ (Saturday November 28, 2020)

किन पर्छन महिला बेचविखनको जालमा

मंगलवार २ भाद्र, २०७७ स्मिता निरौला 1354


धेरैजसो महिलाहरु आर्थिक अभावको कारण पैसा कमाउने उद्देश्य लिएर विदेश जाने गरेको पाइन्छ । मुख्य त मानिसलाई अभावको कारण आफु वेचिएकोसम्म थाहै हुँदैन । नेपालमा गरिवीको कारण धेरै महिला दिदीबहिनीहरु बेचविखनको जालमा फसेका छन । पैसा कमाउने प्रलोभनमा परेर धेरैजसो महिलाहरु फस्ने गरेको पाइएको छ । मुख्य त बेरोजगारी समस्या, अशिक्षा र अज्ञानताले गर्दा महिलाहरु बेचिन बाध्य भएका छन् । मानवले मानवलाई बेच्नु भनेको अति क्रुर र अमानवीय कार्य हो यस्तो काम कतिले थाहा नपाएर गरेका छन भने कतिले थाहा पाएर पनि चाँडै पैसा कमाउने लालसमा परेर गर्ने गरेका छन् । मानव तस्करले गाउँघरमा रहेका सोझासिधा इमान्दार महिलाहरुलाई ठुला–ठुला आश्वासन देखाएर फसाउने गरेका छन् । यहाँ घरमा वसेर के गर्ने विदेशमा राम्रो रोजगार पाइन्छ,  धेरै पैसा कमाइन्छ भन्दै फसाउने गरेका छन् ।

कतिपय गैरकानुनी रुपमा चलाउँदै आएका म्यानपावरहरुले थाहै नपाई विभिन्न बाटो प्रयोग गरेर लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइ कति महिलाहरुलाई नेपाल फर्काउने गरेको छ । यद्यपि उनीहरुमा कतै म फस्दै छु कि भन्ने कुराको सोँचसम्म आउने हो भने पनि कति महिला जोगिन सक्ने थिए । पहिलो कुरा त नेपालको बेरोजगारी समस्या, अर्कोतिर घर व्यवहारमा सानो कुरा पनि महिलाले हेर्नु पर्ने पुरुष बाहिर हिँडने घर खर्च गर्नसम्म पनि निकै गाह्रो हुन्छ यस्तो अवस्थामा पनि महिला विदेश गएर पैसा कमाउने चङगोलमा फस्ने गरेका छन् । त्यस्तो अवस्थामा रहेका महिलाहरुलाई ठगी खान पल्किएका गाउँकै एजेण्टले ललाई फकाई गरेर साँच्चिकै केही वर्ष विदेश गएर काम गर्दा घर खर्च गर्न मात्र होइन जीवन नै फेरिने सपना बोकेर घर परिवार र आफन्तलाई थाहै नदिई विदेश पठाउने गरेका छन् । यस्तो अवस्थामा उनीहरुलाई मानव बेचविखनमा लागेका तस्करले हुनै नसक्ने  मिठा आश्वासन दिएका हुन्छन् । उनीहरु त्यस्ता कुरामा मक्ख परेर फस्ने गरेका छन् । विदेशी डलरका कुरा गरेर ठगहरुले खाडी मुलुकहरु कुवेत, कतार साउदी जस्ता ठाँउमा पु¥याउने गरेका छन् । उनीहरुले अवैध बाटो प्रयोग गरी खाडी मुलुकमा पठाउने गरेको पाइन्छ । 

नेपालबाट घरेलु कामदार पठाउन सरकारले प्रतिबन्ध लगाएका खाडी मुलुकहरुमा रोजगारदाताले पनि महङ्गो शुल्क तिर्दै नेपाली महिलाहरुलाई घरेलु कामदारका रुपमा  बेचविखान गर्नेे गरेका छन । आफूले धेरै महङ्गो शुल्क तिरेर किनेको भन्दै मालिकले त्यस्ता कामदारलाई काम लगाउँदा पो उनीहरुलाई थाहा हुन्छ कि म बेचिएको रहेछु । जब कि आफु खाडी मुलुकको कुन ठाउँमा छु अब कोसँग सम्पर्क गर्ने कसरी त्यहाँबाट फकर्ने तब मात्र थाहा हुने गरेको पीडित बताउँछन् । यस्तो अवस्थाबाट केही महिना अघिमात्र घर फर्कन सफल भएकी धनकुटाको मुगा गाउँकी एक २८ वर्षीया राई थरकी महिलाले बताइन् । 

मलाई चिनजान भएकै आफन्त पर्ने सोदिक्षा राईले कुवेतमा रोजगारीमा पठाइदिन्छु यही नेपालमा आफ्नै घरमा गरेको जस्तै सजिलो काम गर्न पाइन्छ तलब पनि राम्रो दिन्छ भनेर २ वर्ष अगाडि कुबेतको लागि जम्मा १ लाख ५० हजार रुपैयाँ लाग्छ भनेर फसाइको बताउँछिन । म एक महिनाभित्रमा यहाँबाट पठाइदिन्छु भनेपछि आफु पैसा तयार गर्न लागेँ । सोदिक्षाले अर्को महिनामा त काम सुरु गरेर तलब पनि हात पर्न थाल्छ भनेपछि गाउँमै आफु बसेको समुहबाट किस्तामा ऋण लिएँ । उनी भन्छिन– त्यसमा नपुगेको पैसा साथिहरुसँग केही महिनाको लागि सापटी मागेर उसलाई बुझाएँ त्यसपछि एजेण्डले झनै आश्वासन देखाइन यहाँ दिनमा एक डेढ सय रुपैयाँ कमाउन सकिदैन कुबेतमा नेपाली पैसा मासिक १ लाख ५० हजारसम्म तलव दिन्छ काम पनि सजिलै हुन्छ घरभित्र सरसफाई गर्ने सामान्य लुगा धुने मात्र गरे पुग्छ । उनीसँग मैले समुहमा ऋण लिएको र २ महिनाको लागि साथिहरुसँग सापटी मागेको पैसा छिट्टै तिर्नु पर्ने कुरा पनि सुनाएँ उनले भनिन् लामो समय जाँदैन ढुक्क हुनु । धेरै हल्ला नगर्नु फेरि जान दिदैनन् भनेपछि मैले घरमा आमा बुबालाई पनि सुनाइन चुपचाप जाने तयारीमा लागँे कतिबेला कुबेत पुग्ने र पैसा कमाउन थाल्ने भन्ने मात्र मनमा सोँच आउन थाल्यो । सदिक्षासँग अरु पनि एकजना महिला र एकजना पुरुष साथी थिए उनीहरुले खास नाम पनि भन्न चाहेनन मलाई । घरबाट अन्तै भेटन बोलाउथे किन कि बुबा आमाले घरबाट टाढा जान दिनुहुन्नथ्यो । यही कारणले मलाई यसरी अन्त्तै कुरा गर्दैछन् । उनीहरुको सञ्जाल मानव बेचविखनमा लागेको भन्ने कुरा पत्तो पनि पाइन मिठा अश्वासनले हिँड्न मात्र हतारमा थिएँ । 
       
मासिक डेढ लाख रुपैयासम्म कमाउन सकिने प्रलोभन देखाएपछि भुँइमा खुट्टा भएको थिएन दिदी पर्नेको कुरामा म विश्वस्त भएँ ।  कुवेतमै बसेर राम्रो काम गरिरहे अझ सेवा, सुविधा पनि दिने बताएपछि उनले झनै विश्वास्त भएको बताइन । त्यसपछि घर छोडेर हिँडेकी राईलाई भारत हँुदै तीन महिनापछि कुवेतमा एउटा घरमा पु¥याईयो । त्यहाँ भाषा पनि नबुझिने उनीहरुको भाषामा हातको इसाराले काम गर्नुपर्ने म त्यसरी नै काम गर्न लागे त्यहाँको काम भन्दा पनि सुरक्षा नै नहुने भएपछि आफ्न्त सदिक्षासँग फोन गर्न खोज्दा फोनै लागेन अन्यत्र सम्पर्क गर्ने पनि कतै ठाउँ थाहा नभएपछि बल्ल थाहा भयो मलाई फसाइएको रहेछ । मलाई काम गरेको तीन महिना सम्म पनि तलब दिएन खान पनि राम्रोसँग पाइदैनथ्यो । महिनाको डेढ लाख खाने सपना त चकनाचुर भयो । उता समुहको किस्ता तिर्नुपर्ने मनमा धेरै पीडा हुन थाल्यो । त्यसपछि मालिकले थाहा नपाई सामाजिक सञ्जाल मार्फत आफ्नो देश फकर्ने प्रयास गर्न थाले धेरै लामो प्रयासपछि १३ महिनामा मामाको सहायताले नेपाल फर्कन सफल भएँ । उनी भन्छिन पैसाको प्रलोभनले गर्दा धेरै दुःख भोग्नु प¥यो । आफन्त पर्ने दिदी अहिलेसम्म सम्पर्क बिहीन छन् । मेरो सबै पैसा फस्यो ऋणमा डुबेकी छु । उनी भन्छिन निकै दुःख कष्ट पनि व्यहोरे बल्ल चेत खुल्यो । मलाई जस्तो अरु दिदीबहिनीहरु नफसुन म आफ्नो गाउँठाउँमा आउन सफल भएकी छु । धेरै पैसा कमाउने लोभ देखाएर धेरै नेपालीलाई नेपालीले नै फसाउँदै आएका छन् । प्रलोवन र चेतनाको कमीले गर्दा बेचविखनको चङ्गोलमा परिदोरहेछ अब सचेत बन्नुपर्ने रहेछ भन्ने चेत खुलेको उनी बताउँछिन ।

धनकुटा 
लेखक : नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशकी उपाध्यक्ष हुनुहुन्छ ।
 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु