मंगलवार १ असार, २०७८ (Tuesday June 15, 2021)

सुमन शर्मा सनराइज बैंकको सीईओमा नियुक्त

बुधबार २८ माघ, २०७७ विचारवाटिका 1489


सुमन शर्मा सनराइज बैंकको सीईओमा नियुक्त

 

माघ २८, काठमाडौं । सनराइज बैंकले बुधबार बसेको बैंक सञ्चालक समिति बैठकमा बैंकर शंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।

यस अघि शर्मा माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्र बैंकको सीईओमा पनि उनको नाम चर्चामा थियो ।

मंगलबारमात्रै सनराइज बैंकको सीईओ जनकशर्मा पौड्यालले पदबाट राजीनामा दिएका थिए । पौड्यालको राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ सीईओको रुपमा नियुक्त गरिएको सनराइज बैंकले जनाएको छ ।

नेपाल एसबिआइ बैंकबाट बैंकर शर्मासँग एनएमबि बैंक, ग्लोबल आइएमइ बैंक, माछापुच्छ्रे लगायतमा काम गरेको अनुभव छ । नेपाल एसबिआइ बैंकबाट उनले बैंकिङ करियर शुरु गरेका थिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु