बुधबार १४ आश्विन, २०७७ (Wednesday September 30, 2020)

रातो मच्छिन्द्रनाथको रथ तान्ने तयारी 

आईतवार २१ भाद्र, २०७७ विचारबाटिका 1397

भदौ २१, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण जात्रा, पर्व, संस्कृति मनाउने कार्यमा समेत मानिसको भीडभाड गर्न निधेष गरेको सरकारले विहिबार ललितपुरमा रातो मन्त्येन्द्रनाथको रथ तान्ने क्रममा भएको घटनापछि सरकारले रातो मच्छिद्रनाथको रथ तान्न विशेष व्यवस्था गर्ने भएको छ । 
सोही व्यवस्था अनुसार नै आज रातो मच्छिन्द्रनाथको रथ तान्न लागिएको हो । सो रथलाई तानेर आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म पु¥याईने भएको छ ।

जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै आज अपराह्न तीन बजे रथ तानिने कार्यक्रम रहेको बताउनु भएको छ । 

आज रथ सोरखुट्टे पाटीमा पु¥याएपछि ललितपुरवासीले आज ‘छ्वयलाभू’ र भोलि ‘भुज्या’ मनाउनेछन् । साइत हेर्ने काम पनि सोमबार नै हुने छ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने महर्जनले बताउनु भयो । रथ बुंगमति पु¥याएसँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको रथयात्राका रुपमा मनाइने जात्रा सम्पन्न हुनेछ ।

कोरोना भाइरस संक्रमणका कारण यसपटकको रथयात्रा विधि पु¥याउने हिसावले तान्न लागिएको समेत जात्रा संयोजक महर्जनले बताउनु भयो । 
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा विहिबार झडप समेत भएको र ललितपुरमा स्थानीय प्रशासनले शुक्रबार कफर््यूसमेत लगाउनु परेको थियो । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु