बुधबार १४ आश्विन, २०७७ (Wednesday September 30, 2020)

मन्त्रीपरिषद बैठकबाट वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस

मंगलवार ३० भाद्र, २०७७ विचारबाटिका 1278

भदौ ३०, काठमाडौं । लामो समयदेखि विवादमा रहेको राष्ट्रियसभामा रिक्त रहेको एक पदमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्न सरकारले सिफारिस गरेको छ । सोमबार बेलुका बसेको मन्त्रीपरिषद बैठकमा गौतमलाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्ले निर्णय गरेसँगै गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस समेत भइरहेको एक मन्त्रीले बताउनु भयो । तत्कालीन अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली रहेको थियो ।

उक्त पदमा वामदेव गौतमलाई सिफारिस गर्नका लागि भन्दै नेकपाभित्र लामो विवाद भएको थियो । गौतम गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित हुनुभएको थियो । गौतमलाई सरकारले नियुक्ति गर्ने निर्णयसँगै सामाजिक सञ्जालमा बधाई दिने र विरोध गर्नेको ओइरो लागेको छ । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु