बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

प्रदेश ५ को प्रदेशसभामा कांग्रेसको अवरोध 

सोमबार १९ आश्विन, २०७७ विचारबाटिका 1227

 

असोज १९, बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठक प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।

दाङको भालुवाङलाई सरकारले प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ । संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बैठकको सुरुमै राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताए ।

सांसदहरुले रोष्टम घेराउ गरेका छन् । उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको वैशाखी टेकेर दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको आरोप लगाएको जनाएको छ ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेशसभाको सोमबार बसेको बैठक सुरु हुनासाथ समय लिएर बोलेको र राजधानीको विषय राजनीतिक सहमतिबाट टुंगो लगाउनुपर्ने बताए ।

कपिलवस्तु, बुटवल, वा दाङ जहाँ राजधानी बनाए पनि औचित्य प्रमाणित गरेर प्रस्ताव ल्याउनुपर्ने बताए । तर मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्का अध्यक्षको बैशाखी टेकेर एकलौटी प्रस्ताव ल्याएको उनले बताए । ‘कसैको रहर पूरा गर्न र राजनीतिक स्वार्थ पूरा गर्न यो प्रस्ताव आएको छ ।’ कनौडियाले भने । 
 




मतहरू

ngmweccn

?????? ? ?? ??????????? ?????????? ????? ngmweccn http://www.g1fps3w2yq147u37m7o832pjqn480yy2s.org/ angmweccn [url=http://www.g1fps3w2yq147u37m7o832pjqn480yy2s.org/]ungmweccn[/url]

Breathable Mouth Mask

Breathable Mouth Mask


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु