बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

मनास्लु हिमाल बहराइनका राजकुमारले चढे 

बिहीबार २९ आश्विन, २०७७ विचारबाटिका 1321

 

असोज २९, काठमाडौं । मनास्लु हिमाल बहराइनका राजकुमारमोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा सफलतापूर्वक आरोहण गरेको छ ।   

आरोहणको व्यवस्था मिलाएको सेभेन समिट ट्रेक प्रालिका सन्चालक समिति सदस्य पासाङ शेर्पाले भने, ‘बहराइनका राजकुमारसहितको टोलीले आज बिहान मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण गरेको छ । तर कति जना चुचुरोमा पुगे भन्ने विवरणचाहिँ आउन अझै बाँकी छ ।’

बहराइनको टोलीका १८ जनामध्ये १४ जना आरोही र तीन जना शेर्पा मनास्लुको चुचुरोमा पुगेका पर्यटन विभागकी निर्देशक मिरा आचार्यले बताईन् ।

८ हजार १५६ मिटर उचाइ रहेको मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । 

यसअघि १७ असोजमा राजकुमार मोहमद हमदले रोयल फोर्स टोलीका साथ ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि आरोहण गरेका थिए ।

हिमाल आरोहण गर्न १५ जना बहराइन र ३ जना बेलायतीसहित गत भदौ ३१ गते नेपाल आएको बहराइनको टोलीले नेपाल सरकारबाट मनास्लु र लोबुचु हिमाल आरोहणको अनुमति पाएको थियो । आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक प्रालिले मिलाएको छ ।     

 

मनास्लु आरोहणमा बिख्यात आरोही एवम् सेभेन समिटका मिङ्मा शेर्पा, टासी शेर्पासहितको टोली छ ।

आगामी बसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्व तयारीमा बहराइनको राजकुमारसहितको यो टोली समेत रहेको सेभेन समिट ट्रेकले जनाएको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु