शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

के ‘लप्पन छप्पन २’ चीनमा रिलिज होला त ?

शुक्रबार २८ फाल्गुन, २०७७ विचारवाटिका 1194


के ‘लप्पन छप्पन २’ चीनमा रिलिज होला त ?

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले केही बर्ष अगाडि नेपाली चलचित्रलाई चीनमा रिलिजका लागि प्रयास भैरहेको बताएका थिए ।

बलिउड निमार्ताले विश्वकै दोश्रो ठूलो बजारको रुपमा चिनिने चीनमा चलचित्र रिलिज गरेर बलिउड निर्माताले करोडौं रकम कमाइरहेका छन् । हलिउड चलचित्रले पनि करोडौं रकम कमाउनुको पछाडि चीनको बक्स अफिसको योगदान उच्च रहेको छ ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चीनमा चलचित्रको रिलिज प्रयास भैरहेको बताएपनि यो प्रयासले कुनै सफलता हासिल गरेको छैन । तर, बिहिबार आयोजना भएको चलचित्र ‘लप्पन छप्पन २’का निर्माता तथा निर्देशक मुकुन्द भट्टले चलचित्रलाई चीनमा रिलिज गरिने बताएका छन् । पत्रकार सम्मेलनमा उपस्थित चलचित्र पत्रकार तथा चलचित्रकर्मीका लागि उनको यो कुराले उत्साह थप्यो ।

शान्त शर्माले चीनमा चलचित्र रिलिज गर्ने अधिकार लिएका छन् । यो चलचित्र हिन्दी, तमिल, तेलुगु, भोजपुरी भाषामा पनि डब हुँदै गरेको निर्देशक भट्टले बताएका छन् । उनले, यी चार भाषामा चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज हुने बताएपनि चीनमा भने हलमै चलचित्र रिलिजको प्रयास भैरहेको बताएका थिए । यदि, चीनमा हलमा चलचित्र रिलिज हुन सकेन भने ओटीटी प्लेटर्फमा भएपनि रिलिज हुने उनको तर्क छ ।

के ‘लप्पन छप्पन २’ले चीनसम्म नेपाली चलचित्रको बजार पुर्याउन सुरुवात गर्ला त ? 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु