शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

आजबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु 

सोमबार ३ कार्तिक, २०७७ विचारवाटिका 1255

 

कात्तिक ३, काठमाडौं । आजबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री गर्ने काम सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुरु गरेको छ ।

नेपालीको महान चाड दशैंलाई लक्षित गरेर थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

जिउँदो खसी तथा बोका प्रतिकिलो ५६० रुपैयाँ कम्पनीको आइतबार बसेको बैठकले तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका बिक्री गरिने सुवेदीले बताइन् ।

खसी–बोकाको जिउँदो मूल्य समान भएको र सो मूल्य गत वर्ष जतिकै भएको कम्पनीले जनाएको छ । कम्पनीले जानकारी दिए अनुसार आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी–बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु