शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

१ करोड २० लाखको स्वास्थ्य सामग्री एनआरएनएद्वारा सहयोग 

शुक्रबार २१ कार्तिक, २०७७ विचारवाटिका 1237

 

कार्तिक २१, काठमाडौं । जापानबाट प्राप्त करिब एक करोड रुपैयाँ मूल्य पर्ने १० हजार पिस एन्टी जिन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्वास्थ्य मन्त्रालयलाई शुक्रबार हस्तान्तरण गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री नवराज रावतले स्वास्थ्य मन्त्रालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरे ।

कोभिड(१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पु¥याएको भन्दै मन्त्री रावतले भने, ‘यो पुन्य कार्यक्रममा एनआरएनएलाई सरकारले सहयोग गर्न तयार छ ।’
विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै संघले विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्बन्धी सामग्री सहयोग गरेको एनआरएनए उपाध्यक्ष डा. केसीले जानकारी गराए ।  

विदेशमा नेपालीको अवस्था र उनीहरुले भोगिरहेको समस्याबारे प्रष्ट्याउँदै उनले करिब १ करोड २० लाख रुपैयाँका स्वास्थ्य सम्बन्धी सामग्री जुटाउन सहयोग गर्ने जापानवासी नेपालीप्रति आभार व्यक्त गरे ।

कोभिड–१९ को महामारी सुरु भएदेखि गैरआवासीय नेपाली संघले २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु