आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

कुशलले लगातार तीन खेलमा गरे ओपनिङ गर्दै अर्धशतक प्रहार

मंगलवार ७ बैशाख, २०७८ विचारवाटिका 1462


कुशलले लगातार तीन खेलमा गरे ओपनिङ गर्दै अर्धशतक प्रहार

वैशाख ७, काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिजमा नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलले लगातार तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरेका हुन् ।

उनले नेदरल्याण्ड्स विरुद्ध १३ औं ओभरमा अर्धशतक पूरा गरे । उनले ४१ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा ५२ रन प्रहार गरे ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका छन् ।

उनले नेदरल्यण्ड्स र मलेसियाविरुद्ध यसअघि अर्धशतक प्रहार गरेका थिए । उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्नेमा दोस्रो स्थानमा परेका छन् ।

उनले नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए भने मलेसिया विरुद्धको दोस्रो खेलमा अविजित ६१ रन बनाएका थिए ।

पारस खड्काले नेपालका लागि सर्वाधिक ५ अर्धशतक प्रहार गरेका छन् । दोस्रो स्थानमा कुशल पुगेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु