शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

संक्रमितलाई दैनिक ४ सयदेखि ६ सय रुपैयाँसम्म खाना-खर्च दिइने

सोमबार २० बैशाख, २०७८ विचारवाटिका 1343


संक्रमितलाई दैनिक ४ सयदेखि ६ सय रुपैयाँसम्म खाना-खर्च दिइने

वैशाख २०, सुर्खेत । कर्णालीमा अस्पताल भर्ना भएका कोरोना संक्रमितलाई दैनिक ४ सयदेखि ६ सय रुपैयाँसम्म पौष्टिक खाना-खर्च दिइने निणर्य कर्णाली प्रदेश सरकारले गरेको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आइतबार बसेको प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निणर्य गरेको हो ।
हुम्ला, मुगु र डोल्पाका बिरामीलाई दैनिक ६ सय रुपैयाँ, कालीकोट र जुम्लाका बिरामीलाई दैनिक ५ सय रुपैयाँ र अन्य जिल्लाका बिरामीलाई ४ सय रुपैयाँ खानाको लागि उपलब्ध गराउने निणर्य गरिएको छ । 

त्यसका साथै बैठकले कोभिडका बिरामीका लागि प्रदेश अस्पतालमा ५ सय बेड तयार गर्ने निणर्य पनि गरेको छ ।

अहिलेको लागि भने अक्सिजनसहितका एक सय बेड सञ्चालनमा ल्याउने र ३ सय बेड तयारीका लागि प्रिफ्याबको हल बनाउन नेपाली सेनालाई जिम्मा दिने पनि निणर्य गरिएको छ ।

त्यसैगरी दैलेख, कालीकोट, रुकुम पश्चिम, जाजरकोट र सल्यानका जिल्ला अस्पतालमा अक्सिजनसहित एक सय बेड र हुम्ला, मुगु र डोल्पामा अक्सिजनसहित ५० बेड तयार गर्ने निणर्य गरिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु