शनिबार ६ कार्तिक, २०७८ (Saturday October 23, 2021)

४ वटा प्रदेश सभामा बिहिबार नीति तथा कार्यक्रम पेस हुँदै

बिहीबार २७ जेष्ठ, २०७८ विचारवाटिका 1280


४ वटा प्रदेश सभामा बिहिबार नीति तथा कार्यक्रम पेस हुँदै

जेठ २७, काठमाडौं । ४ वटा प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम  बिहिबार प्रदेश सभामा पेस गर्ने भएका छन् । 

असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम बिहीबार संसदमा पेस गर्ने भएका हुन् ।

नीति तथा कार्यक्रम बजेट ल्याउनुभन्दा १५ दिन अगावै ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि सबै प्रदेशले यस वर्ष ढिलो गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् । 

दिउँसो ३ बजेको लागि प्रदेश १ को प्रदेश सभा बोलाइएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । जसको कार्यसूचीलाई दिउँसो एक बजे अन्तिम रुप दिन कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

साथै दिउँसो ३ बजे प्रदेश २ को प्रदेश सभा बस्दैछ । २४ जेठदेखिे बजेट अधिवेशन सुरु भएको प्रदेश सभामा बिहिबार सरकारको तर्फबाट प्रदेश प्रमुख डा। राजेश झाले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको सचिवालयका सचिव रञ्जित कुमार यादवले बताए ।

त्यसैगरी दिउँसो साढे ३ बजे वाग्मती प्रदेशको प्रदेश सभाको लागि बोलाइएको छ । प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पेस गर्ने कार्यसूची रहेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

त्यसैगरी आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि बिहीबार नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्दैछ । आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।




मतहरू

tadalafil generic vs cialis

Cialis France Achat

Stromectol

Propecia Oferta Farmacia

appenderb

Cialis

Oblicle

http://buystromectolon.com/ - Stromectol

Altefsfut

http://buylasixshop.com/ - Lasix


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु