शनिबार ६ कार्तिक, २०७८ (Saturday October 23, 2021)

आजदेखि काठमाडौं महानगरपालिकाका विद्यालय सञ्चालन हुँदै

आईतवार १० आश्विन, २०७८ विचारवाटिका 1207


आजदेखि काठमाडौं महानगरपालिकाका विद्यालय सञ्चालन हुँदै

असोज १०, काठमाडौं । कोरोना महामारीसँगै बैशाखको दोस्रो साता देखि बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालन हुँदैछ ।

 आवश्यक मापदण्ड पालना गराएर काठमाडौं महानगरपालिकाले विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन् ।

महानगरपालिकाले यही असोज १० गते देखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय बिहीबार गरेको थियो । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ । विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरपालिकाले जनाएको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु