आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

" लायन्सको साप्ताहिक कार्यक्रम सम्पर्क कार्यालय उद्घघाटन गर्दै समापन "

आईतवार १० आश्विन, २०७८ विचारवाटिका 1405


" लायन्सको साप्ताहिक कार्यक्रम सम्पर्क कार्यालय उद्घघाटन गर्दै समापन "

समाचार स्रोत:पदम कुमार श्रेष्ठ

असोज १०, काठमाडौं । लायन्स क्लब अफ काठमाडौं ब्लड हुडले इन्द्रजात्राको सुरुवात दिन देखि नै काठमाडौंको बिभिन्न ठाउ जस्तै: नरदेबी, क्षेत्रपाटि, इनबहाल, जैसीदेवल,टेंगलमा पिउने पानी, मेडिकल सहयोग र मास्क बितरण गरेको थियो।

झरिको समेत प्रबाह नगरी लायन्स क्लब अफ काठमाण्डौं ब्लड हुडले बिभिन्न सामाजिक कार्य गरी कोभिड १९ बाट बच्न र बचाउन चेतनामूलक सन्देश पनि दिएका थिए भने बाजा गाजा संरक्षण गर्नु पर्छ भनि लायन्सका स्वंयम्सेवकले आफैले बाजा गाजा बजाई भब्यताका साथ इन्द्रजात्रामा सहभागिता जनाएका थिए।

यस सङ्गै रक्तदान कार्यक्रमलाई निरन्तरता दिन्दै बिहिवार यस क्लबले टिचिङ अस्पतालमा आकस्मिक १३ पिन्ट रगत बिरामी सागर लामाको लागि ओ पोजेटिभ रगत संकलन गरि सहयोग गरिएको कार्यक्रम संयोजक लायन बिजय तामाङ ले बताउनु भयो।

त्यस्तै अर्को कार्यक्रम भक्तपुरको सुर्य बिनायकमा शनिबार गरिएको बृहत रक्तदानमा ५० जनाले रक्तदान गरेको र युवाहरूलाई प्रोत्साहन गर्न युवा सहभागिता जरुरत छ भन्ने कुरा कार्यक्रम संयोजक लायन सुनिल प्रजापतिको भनाई छ। त्यस्तै समाखुशी मा भएको अर्को रक्तदान कार्यक्रम बाट २९ पिन्ट रगत सङ्कलन भएको जानकारी अर्का संयोजक लायन राजेन्द्र महर्जनले बताए ।

साथै उक्त दिनको कार्यक्रम अन्तमा जोन चेयरपर्सन लायन राजकुमार देवकोटाको आतिथ्यमा भएको नियमित बैठकको अवसरमा क्लबले सामाखुशीको त्रिबेणि मार्गमा आफ्नो सम्पर्क कार्यालयलको अफिस रहने गरि उद्घघाटन गरि साप्ताहिक कार्यक्रमको समिक्षा सहित समापन गरिएको थियो ।

तस्बिर:पदम कुमार श्रेष्ठ




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु