शनिबार ६ कार्तिक, २०७८ (Saturday October 23, 2021)

अमेरिकी राजदूतद्धारा चंगा उडाउँदै दशैंको शुभकामना 

मंगलवार २६ आश्विन, २०७८ विचारवाटिका 1082


अमेरिकी राजदूतद्धारा चंगा उडाउँदै दशैंको शुभकामना 

असोज २६, काठमाडौं । अमेरिकी राजदूत ¥याण्डी बेरीले दशैंको अवसरमा चंगा उडाएर रमाइलो गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गरेका छन् ।

परिवार र सहकर्मीसँग चंगा उडाएर रमाइलो गरेको उनले उल्लेख गरेका छन् ।

सामाजिक सन्जाल ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै उनले लेखे, ‘दशैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दशैको धेरै शुभकामना ।’

यसैगरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि दशैंको एक पोस्टर ट्वीट गर्दै दशैंको शुभकामना दिएकी छन् ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु