आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

वडा स्तरीय भलिबलको उपाधि गोठपानी सहकारीलाई

बिहीबार २८ आश्विन, २०७८ विचारवाटिका 1562


वडा स्तरीय भलिबलको उपाधि गोठपानी सहकारीलाई

  असोज २८, रामेछाप । गोठगाउँ सरोकार समाजद्वारा आयोजित वडा स्तरीय भलिबल खेलको उपाधि गोठपानी बचत तथा ऋण सहकारी संस्थाले जित्न सफल भएको छ ।

   आज भएको फाइनल खेलमा साविकको वडा नं ७ को ए लाई हराउँदै गोठपानी सहकारीले प्रथम पुरस्कार नगद रू २००००/-, ट्रफी र मेडल प्राप्त गरेको छ भने ७ को ए टिमले दोस्रो पुरस्कार नगद रू १५०००/- ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । तेस्तै कल्पेश्वर युवा क्लबलाई हराउँदै साविकको वडा नं ८ ले तेस्रो पुरस्कार नगद रू १००००/-  ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ भने कल्पेश्वर युवा क्लबले सान्त्वना पुरस्कार नगद रू ५०००/-  प्राप्त गर्न सफल भएको जानकारी सरोकार समाजका आजिवन सदस्य खिल बहादुर श्रेष्ठ विचार वाटिकालाई गराउनु भयो ।

   सरोकार समाज प्रति विश्वास गरेर युवा व्यवसायी बिमल कुमार कठायतले प्रथम पुरस्कार नगद रू.२००००/-  युवा व्यवसायी गोपाल श्रेष्ठले दोस्रो पुरस्कार नगद रू.१५०००/-  युवा व्यवसायी सोम बहादुर विशुङ्खेले तेस्रो पुरस्कार नगद रू .१००००/-  र सान्त्वना पुरस्कार युवा व्यवसायी बिनोद बुढाथोकीले नगद रू.५०००/- सहयोग गर्नु भएकोले उहाँहरू चारै जनालाई संस्थाको तर्फबाट उहाँ हरूको सदा–सर्वदा उच्च मुल्यांकन गर्दै आगामी दिनहरूमा पनि सहयोग र सद्भावको अपेक्षा सहित स–धन्यवाद स्वरूप प्रमाणपत्र र खादाले सम्मान गरिएको सरोकार समाजका सचिव मीन बहादुर श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयो ।


  श्रेष्ठले दिएको जानकारी अनुसार वडा अध्यक्ष नर बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विजयी  खेलाडीहरूलाई पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम गर्नुका साथै सरोकार समाजले पूर्व शिक्षकहरूले पुर्‍याउनु भएको योगदानको कदर गर्दै पूर्व शिक्षक ज्ञान प्रसाद श्रेष्ठ , ऋषिराम सापकोटा र इन्द्रबहादुर थापा तथा  गोठगाउँका जनप्रतिनिधिहरूलाई दोसल्ला ओडाई सम्मान समेत गरेको थियो ।

तस्बिर :- खिल बहादुर श्रेष्ठ




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु