आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

कात्तिक ६ मा वडा अधिवेशन गर्दे नेकपा एमाले 

सोमबार १ कार्तिक, २०७८ विचारवाटिका 1239


कात्तिक ६ मा वडा अधिवेशन गर्दे नेकपा एमाले 

कात्तिक १, काठमाडौं । नेकपा (एमाले)ले कात्तिक ६ गते देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गर्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा वडा अधिवेशन उद्घाटन गर्ने तयारी रहेको छ । छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्न लागिएको एमालेले जनाएको छ ।

एमालेले यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तयारी गरीरहेको छ । सात सय ५३ पालिकामा पार्टी कमिटीका लागि अधिवेशन गर्न लागिएको हो।

एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन गर्न लागेको छ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु