शुक्रबार १५ मंसिर, २०८० (Friday December 01, 2023)

देशैभर एमालेको पालिका अधिवेशन हुँदै

मंगलवार ९ कार्तिक, २०७८ विचारवाटिका 1880


देशैभर एमालेको पालिका अधिवेशन हुँदै

कात्तिक ९, काठमाडौं । आज नेकपा (एमाले)को देशैभर पालिका अधिवेशन हुँदैछन् ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आज एमालेको देशभर गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

केही जिल्लामा भने प्राविधिक कारण देखाउँदै पालिका अधिवेशन सारिएको छ । त्यसैगरी बाढीपहिरो प्रभावित केही जिल्लाहरूमा पनि आज अधिवेशन हुन नसक्ने सम्बन्धित जिल्ला कमिटीले जनाएको छ ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिव एक÷एक जना, उपसचिव दुई जनासहित महानगरपालिका १०१, उपमहानगरपालिकामा ८५ र नगरपालिका र गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन गर्ने छ ।
 




मतहरू

gepheda

Why is Tadalafil Daily cheaper than branded alternatives generic cialis from india

best online pharmacy reviews

online canadian pharmacy with prescription https://canadianpharmacyeasy.com/ reputable mexican pharmacies online


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु