शुक्रबार १२ कार्तिक, २०७८
कात्तिक १२, काठमाडौं । ललितपुर महानगरपालिकाले ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
सूचना जारी गर्दै महानगरपालिकाले पहिलो चरणमा महानगर क्षेत्रभित्रका ७४ वर्ष र सोभन्दा माथिका जेष्ठ नागरिकलाई नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिसको आधारमा निमोनियाविरुद्धको खोप दिइने जनाएको छ । कात्तिक १४ गतेदेखि १७ गतेसम्म खोप सञ्चालन हुने जनाएको छ । वडामा रहेको खोप केन्द्रमा पुगि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने महानगरले जनाएको छ ।
दोस्रो चरण अन्तर्गत ७० देखि ७३ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने महानगरले जनाएको छ । दोस्रो चरणको खोप कार्यक्रम छिट्टै सञ्चालन हुने सामान्य प्रशासन महाशाखाका प्रमुख सागर थापाले जानकारी दिए ।