आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

डे भिलियर्सले लिए क्रिकेटबाट सन्यास

शुक्रबार ३ मंसिर, २०७८ विचारवाटिका 1076


डे भिलियर्सले लिए क्रिकेटबाट सन्यास

मंसिर ३, काठमाडौं । दक्षिण अफ्रिकाका लेजेण्डरी एबी डे भिलियर्सले क्रिकेटको सबै फर्मबाट सन्यास घोषणा गरेका छन् ।

डे भिलियर्सले १७ वर्षे करियर टुङ्याउँदै सामाजिक सन्जाल ट्वीटरमार्फत सन्यासको घोषणा गरेका हुन् ।

‘यो यात्रा राम्रो रह्यो तर क्रिकेटको सबै फर्मबाट सन्यास लिने निर्णय गरेको छु’ डे भिलियर्सले शुक्रबारको स्टेटमेन्टमा भनेका छन् ।

उनले दक्षिण अफ्रिकाका लागि ११४ टेष्ट, २२८ ओडिआई र ७८ टी२० आई खेलेका छन् । डे भिलियर्सले ओडिआईमा सबैभन्दा छिटो अर्धशतक, शतक र १५० रन बनाउने कीर्तिमान बनाएका छन् ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु