सोमबार ९ जेष्ठ, २०७९
जेठ ९ रामेछाप ,नेकपा एमाले रामेछाप न.पा. १ वडा कमिटी गोठगाउँको अध्यक्षमा संजय कुमार थापा सर्व सहमत मनोनीत हुनु भएको छ।
वडा कमिटी गोठगाउँले जेठ ८ गते वडा कमिटीको कार्यभार अध्यक्ष संजय कुमार थापाको अध्यक्षतामा ,रामेछाप जिल्ला कमिटी सदस्य बिमल कुमार कठायतको प्रमुख आतिथ्यमा तथा रामेछाप नगर कमिटी उपाध्यक्ष हरि बहादुर प्रधान ,रामेछाप नगर कमिटी सदस्य तथा रामेछाप –काठमाडौं सम्पर्क मञ्चको कोषाध्यक्ष दिलिप श्रेष्ठ ,नगर कमिटी सदस्य केशर बहादुर कार्की ,सोम बहादुर बिशङखे,नगर कमिटी सदस्य तथा गोठगाउँ –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष कुमार श्रेष्ठ ,रामेछाप –काठमाडौं सम्पर्क मञ्चको सदस्य कृष्णबहादुर कार्की ,वठा कमिटी गोठगाउँको अग्रज नेता नर बहादुर थापा, हरि बहादुर कार्की ,ज्ञानप्रसाद श्रेष्ठ ,सोम प्रसाद सापकोटा ,पदम बहादुर क्याप्छाकी लगायतको आतिथ्यमा आयोजित चुनावी समिक्षा तथा अगुवा कार्यकर्ता भेलाले अध्यक्ष लगायत उपाध्यक्ष बल बहादुर श्रेष्ठ ,सचिव डोर बहादुर कार्की र उपसचिवमा विनोद बुढाथोकी र अनिता श्रेष्ठलाई सर्व सहमत मनोनीत गरेको छ ।
अध्यक्ष थापा २०७८ कात्तिक ६ गते वडा कमिटीको प्रथम अधिवेशन बाट सर्व सहमत उपाध्यक्षमा निर्वाचित भै पार्टीको हरेक गतिविधिमा संक्रिय रूपमा लागि पर्नुको साथै बिचमा वडा कमिटीको अध्यक्षले अचानक पार्टी परित्याग गरेपछि कार्यभार अध्यक्षको भुमिका समेत निभाउनु भएको थियो ।
भेलाले बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित तीन वडा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दियको थियो ,वडा कमिटी अध्यक्ष थापाले वडामा बहुमत सदस्य निर्वाचित भएपनि वडा अध्यक्षमा पार्टीले थोरै मतले हार बेहोर्नु परेकोले कुनै पनि विजयी जुलुस विजयी भोज नगरको विचार वाटिकालाई जानकारी गराउनु भयो।