बुधबार १ असार, २०७९
आसार १ काठमाडौं ,गाेठगाउँ सराेकार समाजले विश्व रक्तदाता दिवस २०२२ काे अवसर पारि असार ११ गते शनिबार सम्राट पार्टी प्यालेस नयाँबजार काठमाडौंमा खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्न गहिरहेकाे छ ।
गाेठगाउँ सराेकार समाजको सल्लाहकार समिति सदस्यहरू सहितको उपस्थितिमा जेठ १३ गते शुक्रबार भृकुटीमण्डपमा बसेकाे बैठकले गरेकाे निर्णय अनुसार ब्लड डाेनर्स एशाेसिएशन नेपाल (ब्लाेदान) काठमाडौं जिल्ला शाखाको सहकार्यमा असार ११ गते खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्न गहिरहेकाे सराेकार समाजका अध्यक्ष संजय कुमार थापाले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।
विश्व रक्तदाता दिवस जेठ ३१ गते मंगलबार परेता पनि समयकाे अनुकुल मिलाई सराेकार समाजकाे बैठकले असार ११ गते रक्तदान कार्यक्रम गर्ने निर्णय पहिलेनै गरिसकेकोले विश्व रक्तदाता दिवस भन्दा केहिदिन पछि कार्यक्रम गर्न गहिरहेकाे समेत अध्यक्ष थापाले जानकारी गराउनु थयाे।
सराेकार समाजले स्थापनाकालदेखिनै गाेठगाउँमा विभिन्न सामाजिक कार्य गर्दै आहिरहेकाे भएतापनि संस्था ब्लड डाेनर्स एशाेसिएशन नेपाल (ब्लाेदान) काठमाडौं जिल्ला शाखामा आबद्ध भएपछि पहिलोपटक रक्तदान कार्यक्रमकाे आयाेजना गर्न गहिरहेकाेले काठमाडौं ,भक्तपुर र ललितपुरमाआई आ-आफ्नो पेसा व्यवसाय गरि बस्नुहुने सम्पूर्ण गाेठगाउँ लगायत रामेछाप जिल्ला बासिहरूलाई कार्यक्रममा उपस्थिति भै स्वास्थ्य अनुकुल रहेमा रक्तदान गर्न अनुराेध गर्दै यदि कसैलाई रगतको आवश्यकता परेको खण्डमा समेत गाेठगाउँ सराेकार समाजलाई जानकारी गराउनु भएमा संस्थाले सहजीकरण गर्न सहयाेग गर्ने वचन समेत अध्यक्ष थापाले दिनु भएकाे छ ।