सोमबार २३ चैत्र, २०७७
चर्चित गीत ‘फुलबुट्टे सारी’लाई पंजाबी गायक लकी सिद्धुले पनि गाएका छन् । संसार ब्लग प्रोडकशनको युटुब च्यानलबाट यो गीतलाई सार्वजनिक गरिएको हो ।
विदेशी र नेपाली संस्कृतिलाई संसार ब्लगले समावेश गरी प्रचार गर्न चाहेको बताएको छ । यो गीतको पंजाबी भर्सन भारत र लण्डनमा पनि चर्चामा छ । यो गीतलाई नेपाली नै राम्रोसँग बोल्न नजान्ने लकीले आकर्षक तरिकाले गाएका छन् ।