शनिबार ५ माघ, २०८१ (Saturday January 18, 2025)

एक साताका लागि अष्ट्रेलियाको सिड्नीमा थपियो लकडाउन 

बुधबार २३ असार, २०७८ विचारवाटिका 1904


एक साताका लागि अष्ट्रेलियाको सिड्नीमा थपियो लकडाउन 

असार २३, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को जोखिम अझै कायम रहेको भन्दै अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक सताका लागि थप गरिएको छ । 

गत जुन २६ मा सिड्नीमा पहिलोपटक लकडाउन गरिएको थियो । केही मानिसहरुमा लकडाउनपछि पनि कोरोनाको संक्रमण देखिएको थियो । यसपटक सिड्नीमा कोरोनाको संक्रमण फैलिँदा अहिलेसम्म करिब ३३० संक्रमित फेला परेका छन् । अहिले थप गरिएको लकडाउन ग्रेटर सिड्नीका ५० लाखभन्दा धेरै मानिसहरुलाई लागू हुनेछ । 

जुलाई १६ सम्मका लागि सिड्नीको लकडाउन लम्बिएको छ । न्यु साउथ वेल्सका अधिकारीहरुका अनुसार बुधबार कोरोनाका २७ नयाँ संक्रमित फेला परेका छन् । अधिकारीहरुले मुलुकमा निकै कम मानिसले मात्र कोरोना खोप लगाएकाले कोरोना नियन्त्रणको लागि प्रतिबन्ध लगाउनुको विकल्प नभएको बताएका छन् ।

अष्ट्रेलियामा अहिलेसम्म करिब १० प्रतिशत जनसंख्याले मात्रै कोरोनाको पूरा डोज खोप लगाएका छन् ।

एजेन्सीहरुको सहयोगमा  




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु