आईतवार २० बैशाख, २०८३ (Sunday May 03, 2026)

प्रधानमन्त्री ओली आज झापा र मोरङ जाने

मंगलवार १८ फाल्गुन, २०७७ bicharbatika 3126


प्रधानमन्त्री ओली आज झापा र मोरङ जाने

 

१८ फागुन, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन् । दुई दिन अघिमात्रै  ओलीले झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए ।

आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ । दुर्गा प्रसाईंले सन्चालन गरेको क्यान्सर अस्पताल तीन सय शैया क्षमताको छ ।
ओलीले आजै विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि उदघाटन गर्ने कार्यक्रम तय भएको छ । विर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीका अनुसार प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्ने छन् । 

झापापछि प्रधानमन्त्री ओली मोरङको उर्लाबारी पनि जाने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

संसद पुनःस्थापनापछि आफू झन् बलियो बनेको बताउने गरेका ओलीको  देश दौडाहा बढेको छ । उदघाटन, शिलान्यास लगायतका कार्यक्रमका लागि उनी व्यस्त हुने गरेका छन् । हिजो मात्रै प्रधानमन्त्री ओली पोखराका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।




मतहरू

MmvmdpVA

roman viagra cost Proc Natl Acad Sci USA 92 3566 3570

izKaeG

cialis buy online usa Skeletal muscles from constitutive, muscle specific Orai KO mice exhibited normal postnatal growth and fiber type differentiation


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु