आईतवार २० बैशाख, २०८३ (Sunday May 03, 2026)

चैत १ गते एमालेको केन्द्रीय कमिटीको बैठक 

शुक्रबार २८ फाल्गुन, २०७७ विचारवाटिका 2664


चैत १ गते एमालेको केन्द्रीय कमिटीको बैठक 

फागुन २८, काठमाडौं । आगामी चैत १ गते नेकपा एमालेले केन्द्रीय कमिटिको केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरेको छ । 

चैत १ गतेबाट केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निश्कर्षमा भने पुग्न बाँकी रहेको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले बताए ।

उनले भने, ‘आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै एकीनका साथ भन्न सकिन्छ ।’

सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई छुट्टाएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो ।

बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकालाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।

अध्यक्ष ओली केन्द्रीय कमिटीमा स्पष्ट बहुमतमा छन् । ओली पक्षीय नेता सुवास नेम्वाङले माओवादी केन्द्रको धारमा लागेर सरकारविरुद्ध आन्दोलन गरेका माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुने बताएका छन् ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु