मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश २०७८ जारी

बुधबार २२ बैशाख, २०७८ विचारवाटिका 2888


राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश २०७८ जारी

वैशाख २२, काठमाडौं । जनकपुर जयनगर रेलमार्गमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न रेल्वे अध्यादेश २०७८ जारी गरेकी छिन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न अध्यादेशको मस्यौदा गरेको थियो । केही दिनअघिको मन्त्रिपरिषद बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

नेपाल सरकारले अध्यादेशमा एक वा एक भन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने व्यवस्था गरेको यातायात मन्त्रालय स्रोतले बताएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु