शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

भारतमा १ लाख ९६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिए 

मंगलवार ११ जेष्ठ, २०७८ विचारवाटिका 2015


भारतमा १ लाख ९६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिए 

जेठ ११, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण १ लाख ९६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

भारतमा गत अप्रिल १४ यता पहिलोपटक दैनिक नयाँ संक्रमितको संख्या २ लाखभन्दा कममा झरेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ५११ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ६९ लाख नाघेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ७ हजार २३१ पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २५ लाख ८६ हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा तामिलनाडुमा ३४ हजारभन्दा बढि, कर्नाटकमा २५ हजारभन्दा बढि र महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्या २२ हजारभन्दा धेरै पुगेको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु