शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

नेपाल वायुसेवाको विमान चिनियाँ खोप लिन बेइजिङ जाँदै

सोमबार १७ जेष्ठ, २०७८ विचारवाटिका 2339


नेपाल वायुसेवाको विमान चिनियाँ खोप लिन बेइजिङ जाँदै

जेठ १७, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको सहयोगमा आएको खोप लिन नेपाल एयरलाइन्सको चार्टर विमान सोमबार बेइजिङ जाने भएको छ । 

चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार तौल बढी नभएको खण्डमा ८ लाख डोज खोप ल्याउने तयारी गरिएको छ ।

विमानस्थलको उडान तालिका अनुसार सोमबार राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमान मंगलबार दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।




मतहरू

Engenia

https://oscialipop.com - Cialis Ktkdqx Cialis Cialis Kamagra Jelly Oogflv https://oscialipop.com - Cialis


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु