बिहीबार ११ असार, २०८३ (Thursday June 25, 2026)

एमाले संसदीय दलले गर्यो मुख्यमन्त्रीलाई विश्वासको मत दिने निणर्य

मंगलवार २५ जेष्ठ, २०७८ विचारवाटिका 2520


एमाले संसदीय दलले गर्यो मुख्यमन्त्रीलाई विश्वासको मत दिने निणर्य

जेठ २५, धनगढी । मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले विश्वासको मत दिने निणर्य गरेको छ ।

सामाजिक विकासमन्त्री लालबहादुर खड्काको अनुसार मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निणर्य गरेको छ । 

बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको सांसद पठान सिंह बोहोराले जानकारी दिए ।

तर बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि उनीहरुले फरक मत राख्न चाहेका थिए । तर एक सांसदका अनुसार बहुमत पक्षले फरक मत पनि राख्न दिएन । २४ सदस्यीय संसदीय दलका ओली पक्षका ७ जना छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु