शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

सधैंका लागि कालीगण्डकी डाइभर्सन बन्द गर्न आग्रह

बिहीबार १७ असार, २०७८ विचारवाटिका 3041


सधैंका लागि कालीगण्डकी डाइभर्सन बन्द गर्न आग्रह

असार १७, काठमाडौं । ‘कालीगण्डकी डाइभर्सन’ परियोजनाले गण्डकी सभ्यताको जैविक विविधता र मानवीय सभ्यतामा संकट निम्त्याउने भन्दै यसलाई सधैंका लागि रोक्न जनस्तरबाट माग गरिएको छ ।

‘कालीगण्डकी बचाऔं अभियान’को तर्फबाट बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै विनाशकारी परियोजना तत्काल रोक्न केन्द्र सरकारलाई ध्यानाकर्षणसमेत गराएका छन् ।

‘यसै नदीको नामबाट ‘गण्डकी प्रदेश’ को नामकरण हुनुले पनि नदी र यो सभ्यताको अन्योन्याश्रित सम्बन्धलाई प्रष्ट पार्छ । सिङ्गो नदीलाई अर्कोतर्फ मोड्ने परियोजना गण्डकीवासीको आस्था र संस्कृतिमाथिको खेलबाड हो,’ भनेर विज्ञप्तिमा उल्लेख गरिएको छ । 

त्यसकासाथै नदी किनारमा ढुंगा र बालुवा उत्खनन गर्ने कार्य तत्काल रोक्न तीनै तहका सरकारसँग माग गरिएको छ । पर्वत, बाग्लुङ, पाल्पा जिल्लाका स्थानीय तथा अभियन्ताहरूले अहिले कालीगण्डकी बचाउन आन्दोलन गरिरहेका छन् ।

 




मतहरू

nourece

What caused the patients jaundice a. ethacrynic acid to lasix conversion cialis online american

estuack

amazon stromectol Third Law For every action there is an equal and opposite reaction

Arrorus

cialis price Cholinergic augmentation with donepezil enhances recovery in short term memory and sustained attention after traumatic brain injury


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु