शनिबार ५ माघ, २०८१ (Saturday January 18, 2025)

देउवा मन्त्री चयनका लागि परामर्शमा

मंगलवार २९ असार, २०७८ विचारवाटिका 2228


देउवा मन्त्री चयनका लागि परामर्शमा

असार २९, काठमाडौं । नेपाली कांग्रेसका नेताहरु सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारको पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि छलफल गर्न  व्यस्त छन् ।

मंगलबार प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो प्रकृतिको  मन्त्रिमण्डल बनाउने तयारी छ । देउवाले उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरुसँग परामर्श गरेका हुन् । 

महामन्त्री डा. शशांक कोइराला, नेता डा. मिनेन्द्र रिजाललगायतका नेताहरु पनि आज बिहान देउवासँग छलफल गर्न बुढानीलकण्ठ पुगेका थिए । देउवा निवास बुढानीलकण्ठमा बिहानैदेखि कांग्रेस नेताहरुको भीड छ ।

पहिलो चरणमा कांग्रेसका तर्फबाट दुईजना मन्त्री पठाउने तयारी भएपनि नामको टुंगो लागिसकेको छैन । ‘कसलाई मन्त्री बनाउने भन्नेमा छलफल भइरहेको छ, तर नाममा टुंगो लागिसकेको छैन,’ बुढानीलकण्ठ स्रोतले भन्यो, ‘सकेसम्म आज अर्थ र स्वास्थ्यमन्त्रीको सपथ गराउने तयारी हो ।’  

विपक्षी गठबन्धनको सोमबार बसेको बैठकले सानो आकारको मन्त्रिमण्डल बनाउने निर्णय गरेको थियो । बिहानैदेखि विपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्र पनि मन्त्रीबारे निर्णय गर्ने छलफलमा व्यस्त छन् । 
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु