शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

यी चार अस्पतालको खोप कार्ड प्रमाणीकरण

शुक्रबार ८ श्रावण, २०७८ विचारवाटिका 2687


यी चार अस्पतालको खोप कार्ड प्रमाणीकरण

साउन ८, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका चार अस्पतालबाट कोरोना खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण सुरु गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप महाशाखा प्रमुख डा. झलक गौतमका अनुसार सचिवस्तरीय निर्णयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित सिभिल अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड मात्र प्रमाणीकरण गर्ने निर्णय भएको हो ।


यसअघि टेकु अस्पतालबाट मात्रै खोप कार्ड प्रमाणीकरणको काम हुँदा विदेश जाने तयारीमा रहेका नेपाली नागरिकहरु मध्यरातदेखि अस्पतालको गेटमा खोप कार्ड प्रमाणीकरण गर्न ठेलमठेल गरी लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु