शुक्रबार १६ चैत्र, २०८० (Friday March 29, 2024)

नेकपा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

मंगलवार १५ भाद्र, २०७८ विचारवाटिका 1665


नेकपा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

भदौ १५, सुदूरपश्चिममा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । तीन जनाको भने कागजपत्र नपुगेकाले आज सनाखत हुन सकेन ।

राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि माधवकुमार नेपाल समूहले एमाले छाडेर एकीकृत समाजवादी बनेको थियो । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।


तर सुदुरपश्चिममा आज १० सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका हुन् । एकीकृत समाजवादी रोज्नेहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी,  मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरी छन् ।

निर्वाचन आयोगको कार्यालयमा पुगेका सांसदहरु दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले आज सनाखत हुन सकेन ।

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं सांसद पूर्णा जोशीले सांसदको संख्या १४ भन्दा बढी हुने बताइन् । ‘नागरिकता लगायतका डकुमेन्ट नभएकाले सबै आउन सक्नुभएन,’ कानूनमन्त्री जोशीले भनिन्, ‘हाम्रो संख्या १४ भन्दा घट्ने छैन ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु