शनिबार ८ बैशाख, २०८१ (Saturday April 20, 2024)

 आजदेखि वडा अधिवेशन सुरु हुदैँ

शुक्रबार १८ भाद्र, २०७८ विचारवाटिका 1754


 आजदेखि वडा अधिवेशन सुरु हुदैँ

भदौ  १८, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन सुरु भएको छ ।
  
महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८मा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिब ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले बताएको छ ।


५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यताको टुंगो लाग्न नसकेकोले गर्दा सबै जिल्लामा वडा अधिवेशन आज सुरु नहुने भएको छ ।

भदौ २७ मा नगर÷गाउँ अधिवेशन हुने भएकोले  बाँकी जिल्लाका वडाहरुमा भदौ २६ अघि नै अधिवेशन सम्पन्न गरिसक्ने जनाएको छ । 
वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ । वडा अधिवेशनबाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।

कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) कमिटी चयनका लागि मतदाता हुन् ।

केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिन्छ ।

विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने कांग्रेसको महाधिवेशन पाँच वर्ष ६ महिनामा सुरु हुन लागेको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु