सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

मङ्सिरको पहिलो साताबाटै नामावली सङ्कलन हुँदै

मंगलवार २३ कार्तिक, २०७८ विचारवाटिका 2972


मङ्सिरको पहिलो साताबाटै नामावली सङ्कलन हुँदै

कार्तिक २२, आउँदो निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । मंसिरको पहिलो साताबाट नामावली संकलन सुरु गरिने निर्वाचन आयोगले जानकारीे दिए ।

सरकारले यहि बिषयमा केही दिन अघि निर्वाचन आयोगसँग छलफल गरेको थियो । उक्त छलफलपछि आयोगले मंसिरको पहिलो साताबाटै गाउँगाउँमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।

जसका लागि प्राविधिक र बजेटको समेत तयारी भइरहेको आयोगले जनाएको छ ।

‘मंसिर पहिलो साताबाटै हामी मुलुकभरका स्थानीय तहहरुको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन गर्ने तयारी गरिरहेका छौँ । हामीले प्राविधिकहरुलाई १ महिनाका लागि खटाउन अर्थमन्त्रालयसँग ११ करोड बजेट माग गरेका छौँ,’ – निर्वाचन आयोगले भन्यो ।

नेपालमा ७ सय ५३ स्थानीय छन् । आयोगका अनुसार अर्थमन्त्रालयले बजेटमा सहमति जनाउने बित्तिकैबाट प्राविधिक खटाइने भएको छ ।

प्रत्येक प्राविधिकलाई दैनिक १ हजार ८ सयका दरले पारिश्रमिक दिइने आयोगले जनाएको छ । निर्वाचनको मिति घोषणापछि गरिएको मतदाता नामावलीलाई कानुनले मान्यता दिने छैन् ।




मतहरू

Ok-Live

We have a site for sports games. You must be interested. OKBet Live


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु