शुक्रबार २६ कार्तिक, २०७८
कात्तिक २६, काठमाडौं । नेकपा (एमाले)ले आफनो १०औं महाधिवेशनमा प्रयोग हुन लागेको लोगो सार्वजनिक गरेको छ । तुलसीलाल स्मृति भवन च्यासलमा पत्रकार सम्मेलन गरी महासचिव ईश्वर पोखरेलले आज लोगो सार्वजनिक गरका छन् ।
चितवनमा मंसिर १०–१२ गतेमा हुने महाधिवेशनका लागि एमालेले एकसिंगे गैंडाको मस्कट सहितको लोगो तयार पारेको छ । लोगोमा मस्कटले कम्युनिष्ट पार्टीको झण्डा उचालेको छ ।
‘महाधिवेशन चितवनमा गर्दैछौं । चितवनलाई पर्यटकीय दृष्टिले चिनाउन पनि गैंडाले पार्टीको झण्डा चलाएको लोगो तयार पारिएको हो’, महाअधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले भने ।