शुक्रबार ७ बैशाख, २०८१ (Friday April 19, 2024)

एमाले महाधिवेशन ः वरिष्ठ उपाध्यक्ष सहित पाँच पदाधिकारी निर्विरोध

सोमबार १३ मंसिर, २०७८ विचारवाटिका 1585


एमाले महाधिवेशन ः वरिष्ठ उपाध्यक्ष सहित पाँच पदाधिकारी निर्विरोध

मंसिर १३, काठमाडौं । नेकपा (एमाले)पार्टीका पाँचजना पदाधिकारी निर्विरोध भएका छन् ।
सोमबार बिहान १० बजेको समयसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा उम्मेदारी दर्ता नपरेपछि पाँच पदाधिकारी निर्विरोध भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल छन् ।

अध्यक्ष केपी शर्मा ओलीले आज बिहान प्रस्ताव गरेको पदाधिकारीको सूचीमा अन्यको उम्मेदवारी दर्ता भए पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा अन्यको दाबी नपरेपछि स्वतः निर्विरोध भएका हुन् ।
निर्वाचन आयोगले भने अहिले सम्म औपचारिक घोषणो गरिसकेको छैन ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु