शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

सहमहामन्त्री पदको लागि मतगणना शुरू

बिहीबार १ पुष, २०७८ विचारवाटिका 2425


सहमहामन्त्री पदको  लागि मतगणना शुरू

पुस १, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको छ । 

महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताएका छन् । 
दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार रहेका छन् । त्यस्तै गंगा सुनारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र शेखर कोइराला प्यानलबाट कमला पन्त उम्मेदवार छिन् । त्यस्तै आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र शेखर कोइराला प्यानलबाट र विकास लामा उम्मेदवार छन् ।

बाँकी ५ सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुनेछ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु