सोमबार २३ श्रावण, २०७९ (Monday August 08, 2022)

जेठको मसान्तभित्र स्थानीय तहको निर्वाचन हुने  

शनिबार १५ माघ, २०७८ विचारवाटिका 1359


जेठको मसान्तभित्र स्थानीय तहको निर्वाचन हुने  

माघ १५, काठमाडौं । आज बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको हो ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।

बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताए ।
 




मतहरू


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु