आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाविरुद्ध कारबाहीको माग गर्दै अख्तियार पुग्यो युवा संघ

मंगलवार १८ माघ, २०७८ विचारवाटिका 2911


स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाविरुद्ध कारबाहीको माग गर्दै अख्तियार पुग्यो युवा संघ

माघ १८, काठमाडौं । नेकपा (एमाले)को निकट राष्ट्रिय युवा संघ स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध कारबाहीको माग गर्दै अख्तियार पुगेको छ ।

खतिवडा स्वास्थ्यमन्त्रीमा नियुक्त भएपछि २४ लाख डोज खोप हिनामिना गरेको आरोपसहित मुद्दा दायर गर्न राष्ट्रिय युवा संघ अख्तियार पुगेको हो ।

खोप हिनामिना कार्यमा संलग्न मन्त्री खतिवडा र अन्य व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न माग गरिएको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सबै नागरिकलाई निः शुल्क खोप अभियान सुरु गरेपनि वर्तमान सरकारले सबै नागरिकलाई पर्याप्त खोप लगाउनुपर्नेमा उल्टै राज्यकोषबाट खर्च गरी खरिद गरिएको र कोभ्याक्स सुविधा मार्फत मुलुकमा आएको खोपको चरम दुरुपयोग भएको संघले जनाएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु