शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

राष्ट्रिय सभामा निर्वाचित भएका १९ सदस्यहरुले गरे शपथ ग्रहण

शनिबार २१ फाल्गुन, २०७८ विचारवाटिका 2216


राष्ट्रिय सभामा निर्वाचित भएका १९ सदस्यहरुले गरे शपथ ग्रहण

फागुन २१ काठमाडौं, राष्ट्रिय सभामा निर्वाचित भएका १९ सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आयोजित भएको समारोहमा सदस्यहरुलाई शपथ ग्रहण गराएर ब्याच वितरण गरेका छन् ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु