शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

शुभेक्षा अस्पताल सीतापाईलाको रक्तदान कार्यक्रम

बिहीबार १७ चैत्र, २०७८ विचारवाटिका 2527


शुभेक्षा अस्पताल सीतापाईलाको रक्तदान कार्यक्रम

कोभिड महामारी केही हदसम्म कमभए  सङ्गै स्वास्थ्य क्षेत्रमा रगत अभावको विद्यमान समस्यालाई मध्यनजर गर्दैे बुधवार शुभेक्षा ईन्टरनेशनल हस्पिटल, सीतापाईला मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

“न बन्छ यो कलखारखाना मा, न बग्छ यो खोलानाला मा, हरेक स्वस्थ व्यक्ति नै हो यो पुण्य कर्मको मुहान, त्यसैले रक्तदान गरी गरौ जीवनदान” भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै लायन्स क्लव अफ काठमाण्डौ ब्लड हुडको आव्हानमा पदम कुमार श्रेष्ठको संयोजकत्वमा हस्पिटल परिसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमलाई  कान्तिपुर ब्लड बैंक , तिनकुनेको प्राविधिक  सहयोग,नेपाल ब्लड डोनर्स सोसाइटी तथा ब्लड फर नेपाल को सस्थागत सहयोगमा यस कार्यक्रमबाट पुरुष ११ र महिला ६ गरि जम्मा १७ पिण्ट रगत संकलन गरिएको थियो।

कार्यक्रम संयोजक आफै पनि नियमित रक्तदाता भएको र रक्तदान गर्न  सहयोग गर्नु हुने सम्पुर्ण रक्तदाता हरुलाई  धन्यवाद सहित आभार प्रकट गर्नु भयो। साथै रक्तदान गर्न ईच्छुक भए पनि शारीरिक अवस्थाको कारण धेरैले दिन नपाउनु भएकोमा पुनः हुने कार्यक्रममा दिनुहुन पनि आग्रह गर्नुभयो।

अस्पताल का प्रमुख प्रशासकिय अधिकृत बिष्णु त्रिपाठी भन्नुहुन्छ - रक्तदान गर्न दुई-तीन पटक प्रयास गर्दा पनि भएन,अर्को पटक फेरि कोसिस गर्नेछु र अन्य साथीहरू लाई पनि हार नमान्न र शरीरले साथ दिए सम्म  रक्तदान जस्तो पबित्र कार्यमा सरिक हुन विशेष गरि सबै महिलाहरु लाई आग्रह पनि गर्नुहुन्छ ।

समाचार स्रोत:पद्दम कुमार श्रेष्ठ




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु