आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

 सम्पर्क मञ्चको आयोजनामा बडा दशैं साँस्कृतिक साँझ २०७९ सम्पन्न

बुधबार १२ आश्विन, २०७९ विचारवाटिका 2777


 सम्पर्क मञ्चको आयोजनामा बडा दशैं साँस्कृतिक साँझ २०७९ सम्पन्न

असोज १२ काठमाडौं, नेकपा (एमाले) रामेछाप – काठमाडौं सम्पर्क मञ्चको आयोजनामा “बडा दशैं साँस्कृतिक साँझ २०७९”  भब्य रुपमा सम्पन्न भएको छ । 

असोज १० गते घटस्थापनाको दिन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको उक्त सांस्कृतिक साँझ कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहेको थियो । चर्चित हास्यकलाकार  केदार घिमिरे ‘माग्नेबुढा’, सितादेवी तिमिल्सीना, जनवादी गायक जीवन शर्मा, गायक बैकुण्ठ महत, राजा राजेन्द्र, अमृत खाती, गायक गुणराज श्रेष्ठ, राजु परियार, विन्दु परियार, यस कुमार, राजेन्द्र पुरी, प्रतिमा अर्याल, मनोज  र्गोखाली लगायत कलाकारहरुको प्रस्तुति रहेको मञ्चकी उपाध्यक्ष लक्ष्मी न्यौपानेले जानकारी दिएकी थिइन ।

मञ्चकी उपाध्यक्ष लक्ष्मी न्यौपानेले कार्यक्रममा बोल्दै भनिन् – यो राष्ट्र र राष्ट्रियताको निमित्त, राजनीतिक व्यवस्था परिर्वतनको निमित्त आफुलाई बलि दिने महान शहिदहरुलाई स्मरण गर्दै उहाँहरुको शिर कहिल्यै झुक्न नदिने प्रण रामेछाप मञ्च गर्दछ । हामी सधैव राष्ट्र र राष्ट्रियताको पक्षमा खुशी नेपाली सम्बृद्ध नेपालको पक्षमा न्याय र स्वतन्त्रताको पक्षमा सामाजिक,कुरिति,कुसंस्कार र लैगिंक विभेदको विरुद्धमा चट्टानी अडानका साथ हामी उत्रिने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।

नेकपा (एमाले)का नेता युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापति मञ्चका अध्यक्ष राकेश श्रेष्ठले गरेका थिए ।

    




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु