शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

 गठबन्धनका गुरुङसहित हाम्रो नेपाली पार्टीका २ जनाको उम्मेदवारी खारेज

बुधबार २६ आश्विन, २०७९ विचारवाटिका 2154


 गठबन्धनका गुरुङसहित हाम्रो नेपाली पार्टीका २ जनाको उम्मेदवारी खारेज

 असोज २६ बुटवल, रुपन्देही २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको छ । नेकपा एकीकृत समाजवादी (एस)का राजु गुरुङसहित हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको उम्मेदवारी खारेज भएको हो । तीन जनाको उम्मेदवारी खारेज
नेकपा एमालेबाट उम्मेदवार रहेका विष्णु पौडेललाई निर्वाचन लड्न सहज हुने भएको छ ।

 प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले तीनैजनाको उम्मेदवारी खारेज भएको उल्लेख छ ।

 कमल भुसाल नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो । यस्तै गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको थियो ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु