बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

समानुपातिकको मत गणना सकिदा एमाले बन्यो पहिलो दल 

मंगलवार २० मंसिर, २०७९ विचारवाटिका 2191


समानुपातिकको मत गणना सकिदा एमाले बन्यो पहिलो दल 

मंसिर २० काठमाडौं, प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फको मत गणना सकिएको छ । सबै जिल्लाबाट मत गणना सकिएको जानकारी आएको छ र मत रुजु गर्ने काम भइरहेकाले केही मत तलमाथि हुनसक्ने  निर्वाचन आयोगका   अधिकारीहरुले बताए ।
कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ भने नेकपा (एमाले) २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ । यसअनुसार एमालेले जम्मा ३४ सिट पाउनेछ ।

प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ ।

नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ । यसअनुसार उसले ३२ सिट मात्र पाउने छ । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ ।

माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । उसले ११ लाख ७५ हजार ६८४ मत पाएको छ र, १४ सिट पाउनेछ । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु